पहिलो पटक हिउँदमा १० नेपाली आरोहीले चुमे शिखर, के टू हिमाल आरोहणमा विश्व रेकर्ड कायम

काठमाडौं । १० जना नेपाली आरोहीहरुको समूहले किर्तिमान कायम गर्दै पाकिस्तानमा रहेको के टू हिमालको सफल आरोहण गरेको छ । अत्यन्तै खतरनाक मानिने के टू हिमालमा हिउँदयाममा अहिलेसम्म कोही पनि आरोही पुगेका छैनन् । सबैभन्दा कम समयमा विश्वका १४ वटै हिमाल आरोहणको रेकर्ड बनाएका आरोही निर्मल पूर्जासहितको टोली शनिबार बेलुकी सवा पाँच बजे शिखरमा पुगेको टोलीमा सहभागी मिङ्मा डेभिड शेर्पाले जानकारी दिएका छन् ।
आठ हजार छ सय ११ मिटर अग्लो के टू हिमाल विश्वकै दोश्रो अग्लो हिमाल हो । जहाँ अहिले माइनस ६२ डिग्री सेल्सियस तापक्रम रहेको र प्रतिघण्टा एक सय किलोमिटरको गतिमा हावा चल्ने गरेको आरोही टिमका शेर्पाले जानकारी दिए । सफल आरोहणपछि आरोही निर्मल पूर्जाले सामाजिक सञ्जाल इन्स्टाग्राममा मानव जातिका लागि इतिहास बनाइयो भन्दै नेपालका लागि इतिहास बन्यो भनेर लेखेका छन् ।
के टू हिमालको सफल आरोहण गर्नेहरुमा आरोही निर्मल पूर्जासहित मिङ्मा डेबिट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा रहेका छन् । उनीहरु फरक–फरक तीनवटा आरोहण दलबाट शिखरमा पुगेका हुन् । सबै आरोही शनिबार १० बजे चौथो शिविर फर्किएका छन् ।
विगत ३४ वर्षयताको हिउँदयाममा के टू आरोहणका लागि कम्तीमा चारवटा आरोहण दलका दर्जनौं आरोहीले प्रयास गरेपनि हिमालको ७ हजार मिटरभन्दा माथिको उचाइमा पुग्न सकेका थिएनन् । यो सिजनमा के टू हिमाल आरोहण गरेको नेपाली टोलीले विश्व रेकर्ड बनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #के टू हिमाल, #विश्वकै दोश्रो अग्लो हिमाल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्