कहिले आउला कोरोना बिरुद्धको खोप,छिट्टै ल्याइने स्वास्थ्य मन्त्रालयको पुरानै जवाफ
काठमाडौं । कोरोना महामारीबाट गुज्रिएका विभिन्न मुलुकहरु कोरोना भाइरस विरुद्धको भ्याक्सिन बनाउन र आफ्नो देशमा नभएका मुलुकहरुले आफ्ना नगरिकहरुलाई कसरी सहज तरिकाले पुर्याउने भन्ने दौडधुपमा छन् । तर, नेपाल सरकारले भने न खोप नै उत्पादन गर्न सकेको छ न अरु देशले बनाएको खोप ल्याउने विषयमा गम्भिर नै बनेको छ । स्वास्थ्य मन्त्रीकै अभिव्यक्ति हेर्दा कोरोना खोपको लागि सरकार अझै दाताको आशमा रहेको देखिन्छ ।
विश्वका विभिन्न देशमा नोवेल कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु भएको समाचार सम्प्रेषण भइरहेको समयमा एकाएक स्वास्थ्य तथा जनसङख्या मन्त्री हृदयश त्रिपाठीले आकस्मिक पत्रकार सम्मेलन आयोजना गरे । अन्य देशमा झै नेपालमा पनि खोपबारे खुशीको खबर विकास भएको आँकलन गर्दै अधिकांश सञ्चार माध्यम स्वास्थ्य मन्त्रालय पुगेका थिए । तर सबैको सोच विपरित स्वास्थ्यमन्त्री त्रिपाठीले पूर्वमन्त्री भानुभक्त ढकालकै शैलीमा खोप छिट्टै आउने आश्वासन दिए । खोप विकाससम्बन्धी उपलब्धि सुनाउँदै त्रिपाठीले खोप खरिद प्रकिया पारदर्शी हुन्छ र वितरण न्यायपूर्ण हुने प्रतिवदता ब्यक्त गरे । उनले बारम्बार खोपको लागि आन्तरिक तयारी पुरा भइसकेको दोहो¥याए । तर, कुन कम्पनीको खोप ? कहिलेसम्म आउँछ ? पहिलो चरणमा कति डोज आउँछ ? भन्ने आम सञ्चारमाध्यमको जिज्ञासा भने पुरा गरेनन् ।
खोप खरिदका लागि यसअघि नै परराष्ट्र मन्त्रालयले विभिन्न देशमा कूटनीतिक नोट पठाएको छ । खोप भण्डारणका लागि प्राविधिक काम भइरहेको खबर बाहिरिएको पनि एक महिना नाघिसक्यो । २ देखि ८ डिग्री तापक्रममा राख्न मिल्ने एक करोड ७० लाख खोप भण्डारण गर्न सक्ने भण्डारण केन्द्र सरकारको स्वास्थ्य प्रणाली भित्रै छ । खोप भण्डार गरेको ७ दिन भित्रमा वितरण गर्न सक्ने तयारी भएको खबर तत्कालीन स्वास्थ्यमन्त्री ढकालले यसअघि नै सुनाइसकेका थिए । खोप वितरण प्रणाली, जनशक्ति र टेक्निकल नोटको विषयमा पनि पुरानो सूचना भइसक्यो । कोभ्याक्समार्फत आउने भनिएको खोपभन्दा अगाडि सरकारले जिटूजी मोडलबाट नै खोप ल्याउने उनले बताए । साथै निजी क्षेत्रलाई पनि खरीद प्रकियामा संलग्न गराउने मन्त्री त्रिपाठीले बताए ।
सरकारको यस्तो निर्णयलाइ निजि क्षेत्रहरुले सकारात्मक मानेका छन् । नेपालमा कोरोना भ्याक्सिन ल्याउने सरकारको एकलौटी निर्णयलेमात्र नेपालमा भ्याक्सिन आउने सम्भावना भएको क्वास्ट फर्मास्युटिकल्सका प्रवन्ध निर्देशक उमेशलाल श्रेष्ठको भनाइ छ । खोपसम्बन्धी पुर्वतयारी र स्वास्थ्य मन्त्रीको अभिव्यक्ति हेर्दा कोरोना खोपको लागि सरकार अझै दाताको आशमा रहेको देखिन्छ । कोभिड कोषमा जस्तै सरकार स्थानीय, प्रदेश र संघ स्वदेशी व्यक्ति, वित्तीय, सहकारी वा अन्य संघसंस्था, विदेशी सरकार, व्यक्ति वा अन्तर्राष्ट्रिय संघसंस्था र अन्य स्रोतबाट खोप कोषमा रकम जम्मा गराउने योजना रहेको बताए ।
भारतमा १६ जनवरीदेखि खोप लगाउन सुरु गर्ने खबर सार्वजानिक भइसक्दा नेपालमा कुन खोप कहाँबाट ल्याउने टुंगो समेत लागेको छैन । आजको मितिसम्म कुनै पनि कम्पनी या राष्ट्रले नेपाललाई खोप दिने लिखित प्रतिबद्धता गरिनसकेको स्वास्थ्यमन्त्री त्रिपाठी स्वीकार गर्छन् । यस्तो बेला सबैभन्दा सस्तो र प्रभावकारी खोप दिन प्रतिबद्धता गर्ने कम्पनीको खोप ल्याउने स्वास्थ्य मन्त्रालयको अडान गरेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कोरोना भ्याक्सीन
ताजा खबर
- १सडकमा हिड्दा हिड्दै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ
- २बढ्यो पेट्रोल र डिजेलको मूल्य
- ३मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द
- ४एमालेलाई मिनबहादुरको १० रोपनी जग्गा दान, शिलान्यास गर्ने ओलीमाथि उठ्यो प्रश्न !
- ५सहकारीको एउटै प्रकरणमा सरकारको विभेद, कोही जेल कोही खुलेआम चुनौति दिदैं राजनीतिमा !
तपाईको कमेन्ट लेख्नुहोस्