नेटवर्किङ व्यवसायलाई नियमन गर्न नयाँ ऐन आउँदै
काठमाडौं । विद्युतीय माध्यमबाट हुँदै आएको वस्तु तथा सेवाको व्यापारलाई नियमन गर्न नयाँ कानुन ल्याउने तयारी सरकारले थालेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनलाइन माध्यमबाट हुने त्यस्तो कारोबारलाई कानुनी दायरामा ल्याउने उद्देश्यले नयाँ ऐनको विधेयकको तयारी गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारी निकायमा दर्ता भई अबैधधन्दा चलाउदै आएका नेटवर्किङ व्यवसायलाई व्यवस्थीत बनाउन नयाँ ऐन ल्याउने भएको छ । मन्त्रालयले विद्युतीय माध्यमबाट हुँदै आएको वस्तु तथा सेवाको व्यापारलाई नियमन गर्नकै लागि नयाँ ऐन नियम बनाई विधेयकमार्फत लागु गर्ने अन्तिम तयारी गरेको छ ।
मन्त्रालयले प्रस्तावित विधेयकको मस्यौदामा आफ्नै उत्पादनका वस्तु तथा सेवा बिक्री गर्न वा अन्तरवर्ती व्यवसायी (एजेन्ट) मार्फत् खरिदबिक्री गर्ने दुवै बाटो खुला राखिने भएको छ । प्रस्तावित ऐन अनुसार अनलाइन कारोबारका लागि बिक्रेताहरुले वाणिज्य विभागमा आफ्नो व्यवसायको दर्ता अनिवार्य रुपमा गर्नु पर्नेछ । यसरी व्यापार गर्ने अनलाइन प्लेटफर्मसमेत अनिवार्य रुपमा खडा गर्नुपर्ने छ । सो पोर्टलमा आफूले बेच्ने वस्तु तथा सेवाहरुको सम्पूर्ण विवरण तोकिएको ढाँचामा प्रकाशन गर्नुपर्ने समेत उल्लेख गरिएको छ । बिक्रेताले आफूले खडा गरेको प्लेटफर्म (अनलाइन पोर्टल) मा आफूले बिक्री गर्ने वस्तु तथा सेवाको विवरण राख्नुपर्ने तथा त्यस्तो वस्तु तथा सेवा खरिदबिक्री भएमा त्यसको हस्तान्तरण हुँदा लाग्ने कर सहितको मूल्य समेत प्रकाशन गर्नुपर्नेछ प्राबधान राखिएको छ ।
वस्तुको आकृति, उत्पादन मिति, उत्पादकको विवरण अनिवार्य रुपमा उल्ले गर्नुपर्ने तथा वस्तुको प्रकृति अनुसार आकार, रंग, समिश्रण, तौल, अन्तरनिहीत तत्त्वहरु र उपभोग गरिसक्नुपर्ने अवधि तथा वस्तु तथा सेवाको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीसमेत अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । अनलाइनमार्फत् खरिद गरिने सामानमा पाइने वारेन्टी, ग्यारेन्टी, सामान फिर्ता गर्न वा अर्डर रद्द गर्न सकिने वा नसकिने लगायतका विवरणहरु समेत अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने प्रस्तावित विधेयकमा उल्लेख गरिएको छ । यो ऐनले करार ऐनको व्याख्यालाई समेत थप गर्दै अनलाइनमार्फत् भएका अर्डरहरुलाई समेत करार भएको मानिने व्यवस्था गरेको छ ।
करार ऐन २०५६ ले अनलाइनमार्फत् हुने यस्तो अर्डरलाई करार मान्ने स्पष्ट व्यवस्था नरहेकोमा यो विधेयकले यसलाई स्पष्ट रुपमा करारको परिभाष अन्तर्गत राखेको छ । खरिदकर्ताले गरेको अर्डरलाई बिक्रेताले स्वीकार गरेको अवस्थामा मात्रै यस ऐनअन्तर्गत करार हुने उल्लेख गरिएको छ । अनलाइन व्यापारमा बदमासी गरेर कसैले ठगी गरेमा त्यस्तो व्यक्तिमाथि सरकार वादी भएर मुद्दा चलाइने उल्लेखसमेत गरिएको छ । नेपाल सरकार वादी भएर मुद्दा चलाइनु भनेको फौजदारी मुद्दा सरह रहने व्यवस्था गरिएको छ । अनलाइनमार्फत् भएका ठगीलाई पनि अन्य प्रचलित कानून अनुसारसमेत मुद्दा चलाउन सकिने उल्लेख गरिएको छ । यद्यपि यो ऐनअन्तर्गत ठगी गर्नेलाई अधिकतम २ लाख मात्रै जरिवाना गराउने प्रस्ताव गरिएको छ ।
प्रस्तावित ऐनले अनलाइनमार्फत् वस्तु तथा सेवाको खरिद बिक्री गर्नेले अनिवार्य रुपमा अनलाइन बिलिङ गर्नुपर्ने व्यवस्था समेत गरेको छ । यसका लागि सेकुअर्ड सकेट लेयर सर्टिफिकेट स्थापित गर्नु पर्नेछ । यस्तो कारोबारमा अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने भए पनि निश्चित सीमाभन्दा धेरैका कारोबारका लागि गुड फर पेमेन्ट चेक जारी गर्नुपर्ने प्रस्ताव गरिएको छ । यो व्यवस्था कार्यान्वयनमा आएपछि अब फेसबुक लगायतका सामाजिक सञ्जालबाट हुँदै आएका कारोबारहरु अवैधानिक हुनेछन् ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #नेटवर्किङ व्यवसाय
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्