Techie IT
  • २४ कात्तिक २०८१, शनिबार
KhojPatrika

दैनिक उपभोग्य तथा मासुजन्य पदार्थमा भारी मुल्य बृद्धि,भएन कुनै अनुगमन र कारवाही


काठमाडौं । निरन्तर मुल्यबृद्धि बजार अनुगमनमा सरकारको फितलो प्रस्तुतीका कारण उपभोक्ता अत्यधिक मारमा परेका छन् । व्यापारीहरुको मनलागीका कारण उपभोक्ता दैनिक ठगिन थालेका छन् । संसद विघटन हुनासाथ अहिले काठमाडौंमा मुल्यबृद्धि सुरु भएको छ । पछिल्लो एक महिनामा चामल, खाने तेल, दाल, अण्डा, मासुको मूल्यको अत्यधिक बढेको छ । सरकारले कुन तहमा कति नाफा लिने विषयमा संरचना निर्धारण नगरेका कारण व्यवसायी र उद्योगीले आफूखुसी मूल्यवृद्धि गरेका छन् ।

गत साता सम्म २ सय ५० रुपँैया प्रतिकिलो रेहको कुखुराको मासु बढाएर ४०० सय पुरयाइएको छ । कुखुराको मासुमा प्रतिकिलो १ सय ५० रुपैँया मुल्य बढाइएको छ । अण्डाको क्यारेटमा १ सय बढेको छ । एक सय ५० रुपैयाँमा आउने तोरी तेलको मूल्य २ सय पुगेको छ । चामलमा प्रतिकेजी ५ रुपैया, मासको दालमा प्रतिकिलो २० रुपैयाँ, मुसुरो दालमा ३० रुपैयाँ, रहर दालमा १० र मुङ दालमा २० रुपैयाँ बढाइएको छ । तेल र माछामासुको मुल्य अस्वभाविक रुपमा बृद्धि भएपनि अनुगमन गर्ने निकाय भने मुकदर्शक भएर बसेको छ । अनुगमन नहुँदा बिचौलिया, व्यापारीहरुले मनपर्दी मुल्य बृद्धि गरेका छन्।

सरकारी निकायले अनुगमन गरी अस्वभाविक मुल्य बृद्धि नियन्त्रणतर्फ चासो नदेखाएको उपभोक्ताको गुनासो छ । पछिल्लो एक महिनामा चामाल, तेल, दाल मासु अत्याधिक रुपमा मुल्य बृद्धि भएर आएको व्यवसायी बताउँछन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने उजुरी प्राप्त भएमा कानुनले तोके अनुुसार कारबाही गदै आएको बताएको छ ।

व्यवसायीका अराजकताका कारण मुल्य बृद्धि तथा गुणस्तरहिन बस्तु भिडाउनेक्रम पनि बढेको छ । कालोबजारी र मिलोमतो गर्नेलाई कारबाहीको दायरामा ल्याउँन नसके झन बेथिते बढ्ने निश्चित छ । सरकारले अनुगमन गर्न पनि छोडेको छ । कहिलेकाहिं अनुगमन गरेपनि त्यो देखावटी र त्यसबाट व्यापारीलाई नै फाइदा पुग्ने गरेको छ ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #दैनिक उपभोग्य तथा मासुजन्य पदार्थ

तपाईको कमेन्ट लेख्नुहोस्