Techie IT
  • १४ मंसीर २०८१, शुक्रबार
KhojPatrika

नेपाली पोशाकलाई नै व्यवास्ता,कहाँ हरायो दौरासुरुवाल, ढाका टोपी र गुन्यूचोली


काठमाडौं । २०६२–६३ को जनआन्दोलनपछि नेपालको राजनीतिमा धेरै परिवर्तन भए । परिवर्तनसँगै केही महत्वपूर्ण परम्परा र प्रचलनको अन्त्य भए । परिवर्तनको नाममा राष्ट्रिय पोषाक नै हटाइयो । पोषाकको पहिचान संकटमा पर्यो । त्यसलाई जोगाउनका लागि हरेक वर्ष पुष १७ गते राष्ट्रिय पोषाक दिवस मनाउने गरिएको छ । आजकै दिन टोपी दिवस पनि मनाइएको छ । कुनैबेला नेपाल र नेपालीको गर्वको विषय थियो, राष्ट्रिय पोसाक दौरासुरुवाल, ढाका टोपी र गुन्यूचोली । तर, २०६२–६३ सालको जनआन्दोलनपछि गणतान्त्रिक भएको नेपालमा केही यस्ता निर्णयहरु भए, जसले देशमा सदियौंदेखिको पहिचान भत्काइदियो र नयाँ पहिचानको स्थापना गर्न सकेन । आफनो राष्ट्रिय पहिचान र गौरवको गाथा पनि मेटाइदियो । त्यसैमध्येको एक हो राष्ट्रिय पोसाक दौरासुरुवाल, ढाकाटोपी र गून्यूचोली ।

अहिले हाम्रो देशसँग आफ्नो कुनै एक राष्ट्रिय पोशाक छैन । दौरा सुरुवाल र गुन्यूचोलीलाई हटाएपछि नयाँ केही आएको छैन । परिवर्तनलाई संस्थागत गर्ने नाममा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले विस २०६८ सालमा नेपालको राष्ट्रिय पोसाकलाई खारेज गरिदिएका थिए । राष्ट्रिय पोषाक घोषणा गर्नुपर्ने माग राख्दै हरेक वर्ष दिवस नै मनाउने गरिएको छ । हरेक पुष १७ गते यो दिवस मनाइन्छ । राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपालले काठमाडौंको माइतिघरमा सद्भाव ¥याली निकाली दिवस मनाएको छ । महाअभियानका संयोजक राजानन्द माण्डब्यले नेपालको राष्ट्रिय पोशाक लोप हुने अवस्थमा पुगेकाले संरक्षणमा जुटनुपरेको बताए । उनले नेपालमा रहेका सम्पूर्ण जात जातिको पहिचान बोक्ने सबै पोशाक राष्ट्रिय पोशाक भएको तर दौरा, सुरवाल, टोपी र गुन्यूचोली देशको साझा राष्ट्रिय पोशाक भएको तर्क गरेका छन् ।

राष्ट्रिय पोशाक दिवसको मुल लक्ष्य नेपालको औपचारिक पोशाकको रुपमा सरकारले घोषणा गरी सिंगो नेपालीहरुको पहिचान विश्वसामु पु¥याउनुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय पोशाक संरक्षण महाअभियानको पहलमा नेपालको राष्ट्रिय पोशाक संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य सहित २०७० साल यता पुष १७ गतेका दिन राष्ट्रिय पोशाक दिवस मनाईदै आएको छ । तर सरकारले भने यो दिवसलाई मान्यता दिएको छैन । अंग्रेजी नयाँ वर्षसमेत पर्ने पुष १७ गते नै अन्तराष्ट्रिय टोपी दिवस पनि मनाउने गरिएको छ ।

नेपाली टोपी र संस्कृतिको प्रबद्र्धन र प्रसार गर्ने उद्धेश्यले यो दिन अन्तराष्ट्रिय नेपाली टोपी दिवस मनाइन्छ । नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश र स्थानहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न को रुपमा लिइन्छ । बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट टोपी दिवस मनाउन थालिएको हो । यसलाई पनि सरकारले मान्यता दिएको छैन ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #ढाका टोपी र गुन्यूचोली, #दौरासुरुवाल

तपाईको कमेन्ट लेख्नुहोस्