संसद पुर्नस्थापना नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी,प्रधानमन्त्री तानाशाह बनेको नेकपा शिर्ष नेताको आरोप
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तिको गोटी बनेको आरोप लगाएका छन् । संसद विघटनविरुद्ध निर्मम संघर्ष गर्नु परेपनि तयार रहेको भन्दै उनले ‘भोलि नै अर्को चरणको कार्यक्रमको तयारी गर्ने बताए । बैशाखपछि ओली प्रधानमन्त्री नहुने समेत प्रचण्डले जिकिर गरे । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई जति तयारी गरेपनि गर्न चेतावनी दिदै आफूहरुले नछोड्ने धम्की दिए ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर कलंकको टीका लगाएको प्रचण्डको भनाई थियो । सिंगो देशले संसद बिघटन असंवैधानिक, अलोकतान्त्रिक कदम भएको भनिसकेको भन्दै अध्यक्ष प्रचण्डले अदालतले सिंगो देशको यो भावनालाई सम्मान गर्ने बताए । संविधानमाथिको निर्मम प्रहार नसच्याए आँधीहुरी आउने चेतावनी उनको थियो । अध्यक्ष प्रचण्डले अढाइसय वर्षको राजतन्त्र फाल्ने जनताले प्रतिगनमकारी र निरंकुश पक्षधरलाई जनताले सजिलै बडार्ने चेतावनी दिए । त्यस्तै, अर्का अध्यक्ष माधव कुमार नेपालले निरंकुश बाटो समातेका केपी ओली र उनको प्रवृत्तिको आयु सकिएको बताए । उनले केपी ओली र ओली प्रवृत्तिको आयु सकिएको भन्दै पुस ५ गते चालेको कदम जनभावना र राजनीतिक हिसावले उचित नभएको दाबी गरे ।
गणतन्त्रको आन्दोलन चलेका बेला खिसिट्युरी गरेर बलयगाढा चढेर गणतन्त्र आउदैन भनेर ओलीले भनेको स्मरण गर्दै अध्यक्ष नेपालले ओलीले चालेको असंवैधानिक कदमपछि पार्टी अध्यक्षबाट हटाएको समेत बताए । त्यस्तै, वरिष्ठ नेता झलनाथ खनालले बालुवाटार पुगेकै दिनदेखि केपी शर्मा ओलीले पार्टी बिर्सिएको आरोप लगाए । उनले पार्टीलाई भ¥याङ बनाएर प्रधानमन्त्री ओलीले पार्टी नीति, पद्धति र संविधानमाथि बलात्कार गरेको आरोप लगाए । नेता खनालले ओली एउटा गुटको मात्र नेता भएको भन्दै बालुवाटारमा एउटा गुट सक्रिय रहेको र त्यसले जे मन लाग्छ त्यही गरिरहेको टिप्पणी गरे ।
उनले कहिले पानी जहाजको कुरा त कहिले घरघरमा पाइपबाट ग्यास ल्याउने कुरा गरेर जनतालाई झुक्याएको आरोप लगाए । नेकपा बिभाजनपछि पहिलो पटक आन्दोलनसँगै सभा गरेको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीले चुनाव गराउनै नसक्ने भन्दै संसद पुर्नस्थापना र्नै आफनो मुख्य एजेण्डा भएको बताएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपा शिर्ष नेताको आरोप, #प्रधानमन्त्री ओली
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्