कोरोना महामारीका कारण एक बर्षदेखि चिनियाँ नाका सहज रुपमा हुन सकेन सुचारु
काठमाडौं । चीनतर्फको नाका प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा नेपाली व्यवसायीहरुको अर्वौ रुपैयाँको सामान नाकामा अलपत्र परेको छ । नेपाल सरकार र चीनियाँ सरकारबीच छलफल नै नभएका कारण नेपाली व्यवसायीहरुको सामान नाकामा अलपत्र परेसंगै सामान समेत नष्ट भएको दुःखेसो व्यवसायीहरुले गरेका छन् । केरुङ र तातोपानी भन्सार नाका कोरोना संक्रमणको कारण देखाउदै बन्द भएपछि अर्बौंको सामान नेपाल भित्राउन नपाएको व्यवसायीहरुको गुनासो छ ।
एक वर्षदेखि चिनियाँ नाकामा व्यवसायीका सामान अड्किएको र सो नाकाबाट सामान नेपाल भित्राउने बारेमा खासै चासो दुवै देशको सरकारले नगरेको नेपाल चेम्बर अफ कमर्सको समेत आरोप छ । अर्बौं मूल्य बराबरको सामान चीनतर्फको नाकामा कुहिन लाग्दा समेत सरकारले सो बारे कुनै ध्यान दिएको छैन । यसले आफूहरु बैंकको ऋण र ब्याजको मारमा पर्दै गएको व्यवसायीहरुको गुनासो छ ।
एक वर्षदेखि चीनबाट नेपाल आयात गरिएका सामान चीनियाँ नाकामै रोकिएकाले अधिकाशं सामान नष्ट हुँदा करोडौ रुपैयाँ घाटा परेको व्यवासायीले जनाएका छन् । कोभिडका कारण समस्यामा परेका व्यवसायीलाई सकारात्मक ऊर्जा चाहिएको बेला राजनीतिक अन्यौल र चीनसंग नेपाल सरकारले बार्ता नगर्दा व्यवसायीहरुको उठिबास लाग्ने अवस्था सृजना भएको छ । केरुङ–रसुवागढी नाकामा चीनले १ वर्षदेखि अघोषित रुपैयमा नाकाबन्दी गरेको अनुमान व्यवसायीहरुले गरेका छन् ।
नाकामा रहेको सामानको भाडा, सामान किन्न लिएको ऋणले व्यापारी थलिएका छन् । नेपाल–चीन सीमामा सामान रोकिएर व्यापार व्यवसाय ठप्प हुँदा व्यापारी हरेराम पौडेलले आत्महत्या गरेको चेम्बरले जनाएको छ । गत पुसदेखि चीनले आफ्ना सबै नाका सिल गरेको थियो । नाका सिल गर्दा तातोपानी र केरुङ दुवै नाकामा नेपालीका २ हजारभन्दा बढी कन्टेनर सामान अड्किएका छन् । केरुङ नाकामा मात्र अझै नेपाली व्यवसायीका १ हजार कन्टेनर सामान थन्किएका छन् ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #चिनियाँ नाका
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्