राजा बिरेन्द्रको सम्झना,प्राजातान्त्रिक र उदारवादी राजा
काठमाडौं । बिक्रम संवत् २००२ पुस १४ गते जन्मिएका राजा वीरेन्द्रबिरबिक्रम शाहको २०५८ साल जेठ १९ गते नारायणहिटी हत्याकाण्डमा परेर अल्पायूमै निधन भयो । राजपरिवारका ९ जना सदस्यको हत्या भएको दरबार हत्याकाण्ड कसरी र कसले घटायो भन्ने अझै रहस्यमय नै छ । २०६२÷०६३ सालको जनआन्दोलनको बलमा दलहरुले देशमा राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गराएपनि तात्कालिन राजा विरेन्द्र विरविक्रम शाहलाई जनताले प्राजातान्त्रिक र उदारवादी राजाका रुपमा स्मरण गरिरहेका छन् ।
२०२८ सालमा बुवा महेन्द्रको निधनपछि राजा बनेका वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र स्थापना गर्ने, जनमत संग्रह गराउने, दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) को स्थापना गर्ने जस्ता महत्वपूर्ण योगदान दिए । यस्तै तात्कालिन राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेर जनताको मन जिते । यसपछि देशमा बहुदलीय व्यवस्थाले विस्तार पाएको थियो । राष्ट्रलाई सक्षम बनाउन पचासौं राष्ट्रको भ्रमण र विभिन्न राष्ट्रसँग कूटनीतिक सम्बन्ध स्थापना गरेर वीरेन्द्रले प्रशस्त आर्थिक सहायता जुटाए । चीनसँग सुमधुर सम्बन्ध बनाएर भारत र पश्चिमाहरूको दबदबा र प्रभावबाट नेपाललाई मुक्त गर्ने चाहना राजा वीरेन्द्रको भएपनि पुरा हुन नपाएको कतिपय जानकारहरु बताउँछन् ।
राजा वीरेन्द्रले राजनीतिक दलहरूसँग मिलेर तयार गराएको २०४७ सालको संविधान स्वीकार गरेर संसंदमा १२ वर्षे शसस्त्र द्धन्द्धमा होमिएको माओवादीले तेस्रो ठूलो दलको हैसियत प्राप्त गरेको थियो । तात्कालिन राजा विरेन्द्रलाई विदेशीको आदेश–निर्देशन ठाडै अस्वीकार गर्ने राष्ट्रवादी छवि भएका राजाका रुपमा समेत धेरैले स्मरण गर्दै आएका छन् ।
कतिपय राजनीतिकर्मी तथा इतिहासविद्हरु त राजा वीरेन्द्र हिँडेको बाटो त्यागेर राष्ट्रलाई आज दिग्भ्रमित बनाइएको र यहि कारणले शान्ति, प्रगति, स्थायित्व र प्रजातन्त्रमाथी प्रश्नचिन्ह खडा भएको दाबी गरिरहेका छन् । नेपालमा अहिलेको सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसक्दा राजंसस्था पुनःस्थापनाको आवाजहरु समेत विभिन्न स्तरबाट उठिनै रहेको छ । अहिलेको राजनीतिक परिवेशमा राजतन्त्र नै ठीक भन्नेहरुको जमात बढ्दा विरेन्द्रले जनतामा बनाएको छवि उचो बनाउने उत्तराधिकारी को भन्ने प्रश्न पनि उत्तिकै पेचिलो बनेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #राजा वीरेन्द्रबिरबिक्रम शाह
ताजा खबर
- १कोप सम्मेलनमा वन मन्त्रालयका कर्मचारीको रजाँई,विदेश जान लामै लिष्ट
- २दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट पनि दोषी ठहर, ५ वर्ष कैद सजाय
- ३रवि लामिछानेलाई १० दिन हिरासत राख्न अदालतको अनुमति
- ४उपप्रधानमन्त्री सिंहद्वारा विश्वसामु जलवायु न्यायको माग
- ५नेपाल फेरि उपविजेतामा सीमित, बंगलादेश च्याम्पियन
तपाईको कमेन्ट लेख्नुहोस्