सरकार बिरुद्ध काग्रेस, प्रचण्ड–नेपाल र जसपा सडक आन्दोलनमा
![](https://www.khojpatrika.com/wp-content/uploads/2020/12/cingress-18-696x464-1.jpg)
काठमाडौं । असंबैधानिक रुपमा प्रतिनिधिसभा बिघटन गरेको भन्दै सरकारका बिरुद्ध बिभिन्न दलले कडा आन्दोलनको घोषणा गरेका छन् । नेकपा प्रचण्ड–नेपाल समूह, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजबादी पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुले काठमाडौंमा मात्रै होइन देशभर सडक आन्दोलन चर्काएर सरकारलाई दवाव दिने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्ध प्रचण्ड–नेपाल समुहले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
असंबैधानिक रुपमा संसद बिघटन गरेको भन्दै प्रचण्ड नेपाल समूले सडक संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । थापाथलीमा बिहीबार बसेको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकले पुस १० गते सबै केन्द्रीय कमिटी सदस्य माइतीघरमण्डलामा जम्मा भएर प्रदर्शन गर्ने निर्णय गरेको हो । त्यसपछि सोही टोली निर्वाचन आयोगमा जाने र शुक्रबार नै २ बजे पत्रकार सम्मेलन गर्ने बताएको छ । यस्तै, ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको छ ।
यसैगरी पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ भने राजधानीमा थप सशक्त प्रदर्शन गर्ने घोषणा पनि गरिएको छ । यस्तै, पुस २० गते सम्म सबै नगर, गाउँ पालिकामा पार्टीको बैठक र भेला हुने छ भने २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला आयोजना गरिएको छ । यस्तै, दोस्रो चरणमा अझै सशक्त र नेपाल बन्दसम्मका कार्यक्रम गर्ने चेतावनी दिइएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १ सय १ सदस्यीय आन्दोलन परिचालन समिति पनि गठनको प्रस्ताव गरिएको छ ।
यस्तै, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद बिघटनको कदम बिरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिए । पहिलो चरणमा सांकेतिक विरोधको तयारी गरेको कांग्रेसले यही पुस १३ गते देशभरका १ सय ६५ निर्वाचन क्षेत्र केन्द्रित आन्दोलन गर्न लागेको हो । आगामी १३ गते देशभरका संघीय निर्वाचन क्षेत्रमा केन्द्रित हुनेछ । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक एवं अलोकतान्त्रिक भएको भन्दै आन्दोलनका बिषयमाा पार्टीभित्र कुनै विवाद नरहेको दाबी गरे । कांग्रेसले पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा देशभर कार्यक्रम गर्ने यसअघि नै तय गरिसकेको छ ।
त्यस्तै, जनता समाजवादी पार्टीले संसद विघटनको विरुद्धमा काठमाडौंमा सडक आन्दोलन गरिरहेको छ । जनता समाजवादी पार्टी, नेपाल केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले संसद विघटनको विरोधमा आन्दोलनका कार्यक्रम तय गरेको थियो । जसपाले पुष १० गते प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने, पुष ११ गते मशाल जुलुस निकाल्ने र पुष १२ गते बृहत प्रदर्शन गर्ने कार्यक्रम तय गरिसकेको छ । पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै बिभिन्न दलहरुले आन्दोलनका कार्यक्रम घोषणा गरिरहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #संघर्षका कार्यक्रम, #सरकारका बिरुद्ध
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्