कांग्रेसले बोलायो सर्वदलीय बैठक, संसद बिघटनपछिको अवस्थाबारे साझा धारणा बनाउने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाउनु भएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले अपरान्ह चार बजे पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाइएको जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी चुनावसमेत घोषणा गरेको अवस्थाबारे छलफल गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो । बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको कांग्रेसले जनाएको छ ।
यसअघि हिजो कांग्रेस संसदीय दलको कार्यालयमा नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूले छलफल गरेका थिए । उनीहरुले ओलीको कदम असंवैधानिक र निरंकुश रहेको निष्कर्ष निकालेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभा संसद विघटन, #सर्वदलीय बैठक
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्