Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

कोरोना बिमाको रकम भुक्तानीमा समस्या आएपछि बीमा समिति कडा बन्दै


काठमाडौं । अर्थ मन्त्रालयले तीन दिनभित्र भुक्तानी दिने व्यवस्था मिलाउन निर्देशन दिएसंगै बीमा समिति कडाईका साथ अगाडी बढेको छ । तोकिएको समयभित्र भुक्तानी दिए अर्थ मन्त्रालयले कारबाही गर्ने चेताबनी समेत दिएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले कोरोना बीमाको मागदाबीमा प्रक्रियागत कारणले ढिलो हुन गएपनि अब प्रमाण पुगेका कसैको पनि भुक्तानीमा ढिलाई नहुने बताएका छन् । अध्यक्ष चापागाँईले बीमा कम्पनीकै गल्तीका कारण र सवै मागदाबीको फाईल एकै पटक समितिमा पठाएकाले फाईल रुजु गर्न समय लाग्न गएको बताए । उनले अब सो कार्यसमेत सकिएकाले प्रमाण पुगेकाहरुको बीमा भुक्तानी गर्न समस्या नभएको बताए ।

समितिका अनुसार कुनैपनि बीमितले भुक्तानी नपाउने अवस्था नरहेको र यस अबधिमा कोरोना बीमामा ४ अर्ब रुपैंया बीमा क्षेत्रबाट जुटेको छ । बढी दायित्व सरकारले लिएका कारण प्रक्रिया पूरा गरेर सबैलाई चाँडोभन्दा चाँडो भुक्तानी दिन समेत सम्बन्धित कम्पनीलाई निर्देशन दिइएको छ । अध्यक्ष चापागाँईका अनुसार करिब ४ अर्ब रुपैंया जुटीसकेको छ । त्योभन्दा धेरै दायित्व सरकारले व्यहोर्छ भनेर अर्थ मन्त्रालयले लिखित रुपमै सहमति दिएकाले सबैले भुक्तानी पाउने उनको भनाइ छ । कोरोना बीमाको भुक्तानी नपाएको बारम्बार गुनासो बढेपछि अर्थ मन्त्रालयले यसमा चासो देखाएको थियो ।

दोस्रो पटकको ताकेतापछि भुक्तानीमा केही सुधार आएपनि कागजात पूरा भएकामध्ये अझै आधा भन्दा बढीले भुक्तानी पाउन बाँकी रहेको बीमितहरुको गुनासो छ । बीमा मागदाबी गर्ने र भुक्तानी पाउनेको यो अनुपात करिब ४७ दशमलव २६ प्रतिशत रहेको छ भने ५२ दशमलव ७४ प्रतिशतले भुक्तानी पाउन बाँकी रहेको बीमा समितिको रेकर्डमा उल्लेख छ । अहिले कागजात पूरा भएर पनि बीमा मागदाबी भुक्तानी पाउन बाँकी रहेको बीमित ९ हजार ९० जना रहेको छ, उक्त संख्यामध्ये ४ हजार १ सय ५२ जनाको माग दाबीको भेरिफिकेसनका लागि स्वास्थ्य सेवा विभागमा पठाइएको छ ।

त्यसरी पठाइएको मध्ये २ हजार ४ सय ९३ जनाको दाबी भेरिफिकेसन भएर आइसकेको बीमा समितिले जनाएको छ । कोरोना बीमाको पुल व्यवस्थापक रहेको शिखर इन्स्योरेन्सले गरिरहेको छ । बीमा समितिले सो इन्स्योरेन्सको कार्यालयमा गएर स्थलगत निरीक्षण गरेको छ । निरीक्षणपछि समितिका अध्यक्ष चापागाईले समयमा प्रकृया पुगेकाहरुको भुक्तानी रोकिएमा तत्कालै कारबाही गर्ने चेताबनी दिएका थिए ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्