के फेरि मिल्लान् त ओली दाहाल ? नेपाल भने त्रसित

काठमाडौं । प्रधानमन्त्री एबम् नेकपा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपालको गठबन्धन भत्काउन कसरत गरिरहेका छन् । बिगतमा बिभिन्न आश्वासन दिएर दाहाल र नेपालको गठबन्धन भत्काउन सफल भएका अध्यक्ष ओली यसपटक पनि गठबन्धन भत्काउन अनेक प्रयास गरिरहेका छन् । तर, पटक–पटक ओलीबाट धोका पाएका दाहाल–नेपालको समिकरण कमै मेहनतले भत्किन गाह्रो छ । विवादको भूमरीमा फसेको नेकपाभित्र यतिबेला प्रष्ट दुई धार छन् । ती हुन् अध्यक्षद्धय ओली र दाहाल खेमा ।
पूर्व–माओवादीका केही नेताले ओलीलाई साथ दिएपनि पूर्व एमालेका बरिष्ठ नेताहरुले भने पूर्व माओवादीका अध्यक्ष दाहाललाई साथ दिइरहेका छन् । कारण हो अध्यक्ष ओलीले नेताहरुलाई बारम्बार दिएको धोका । बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनालदेखि उपाध्यक्ष बामदेव गौतमले समेत अध्यक्ष दाहालले उठाएको मुद्धामा साथ दिइरहेका छन् । अध्यक्षद्धय ओली र दाहालको आरोप–प्रत्यारोप प्रतिबेदनमै यतिबेला नेकपा बिबाद अल्झिएको छ । दुबै प्रस्तावका कारण मंसिर २८ गतेसम्म अध्ययनका लागि नेताहरुलाई समय दिइएको छ । तर, यहि बीचमा अल्पमतमा परेका अध्यक्ष ओली भने दाहाल–नेपालको गठबन्धन भत्काउने कसरतमा लागेका छन् ।
बुधबार अध्यक्ष दाहाललाई बालुवाटारमा बोलाएर अर्का अध्यक्ष ओलीले नेपालको साथ छोडेर आफुसँग मिल्न प्रस्ताव गरेको खुल्न आएको छ । पौनेघण्टा भएको छलफलमा प्रधानमन्त्रीले नयाँ, ठोस प्रस्ताव नगरेको र विद्यमान सङ्कट निवारणका निम्ति कुनै विकल्प प्रस्तुत नगरेको बताइएपनि सहकार्यको प्रस्ताव राखेको नेताहरुले बताएका छन् । पार्टी एकता पनि दुई अध्यक्षले नै गरेको र पार्टी फुटबाट जोगाउन पनि दुबै नेता मिल्नुको बिकल्प नभएको ओली निकट नेताहरु बताउछन् । हुनत् बिगतमा आफू बलियो हुन ओलीले पूर्वएमाले एक हुनुपर्छ भन्दै तेस्रो अध्यक्ष, महाधिवेशनपछिको अध्यक्षलगायत प्रस्ताव गरेर ओली पक्षले नेपाललाई पनि मनाउने प्रयत्न नगरेका होइनन् ।
ओली आफैँले पनि नेता नेपालालाई बालुवाटार बोलाएर सहकार्यको प्रस्ताव गरेका थिए । तर, नेपाललाई फकाउन गाह्रो भएपछि फेरि दाहालतिरै केन्द्रीत भएका हुन् । ओली दाहाल छलफलपछि बिगतजस्तै दाहालले कतै धोका दिन्छन् की भन्ने लागेरै होला वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहाललाई पार्टीलाई विधिमा सञ्चालन गर्न र आफूलाई सुप्रिम नठान्न चेतावनी दिएका छन् । स्थायी कमिटि बैठकमा समेत उपस्थित नभएका ओलीले २८ गतेसम्म कुनै न कुनै पक्षलाई आफनो साथमा लिन दौडधुप गरिररहेका छन् । तर, यो ओलीको दौडधुपले सामान्य लेनदेनमा दाहाल र नेपाल गठबन्धन टुट्ने सम्भावना कमै छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #झलनाथ खनाल, #पुष्पकमल दाहाल, #माधव कुमार नेपाल
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्