कता हरायो तामझामका साथ सुरु गरिएको सामाजिक सुरक्षा योजना
काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको ३ बर्ष भएको छ । यही योजना अन्तर्गत सरकारले वृद्धभत्ता, एकल महिला भत्ता, अपांगता भत्ता, अल्पसंख्यक तथा जातीय भत्तालगायत दिँदै आएको छ । सामाजिक सुरक्षा कोषमा अहिले ३ अर्ब २५ करोड भनदा बढी रकम जम्मा छ । सो रकम कोषले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार लगानी गर्नका लागि यही मंसिर १० मा सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ स्वीकृत गरेको छ । सो कार्यविधि अनुसार योगदानकर्ताले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी प्राप्त गर्न सक्नेछन् ।
योगदान रकमको आधारमा कोषले तोकेको मापदण्ड अनुसार यो सापटी प्रदान गरिने छ । आवास निर्माणका निम्ति धितोमा आधारित भएर योगदानकर्तालाई घर निर्माण गर्न, घर खरिद गर्न, संयुक्त आवासमा यूनिट खरिद गर्न वा आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न ७५ लाख रुपैयाँ अथवा १५ वर्षको तलब रकम जुन कम हुन्छ त्यही बराबर घर सापटी प्रदान गरिने व्यवस्था गरेको कोषले जनाएको छ ।
अहिलेसम्म कोषमा १ लाख ८० हजार श्रमिक सूचीकृत छन् । सूचीकृत हुने श्रमिकले दुर्घटना बीमादेखि पेन्सनसम्म पाउने व्यवस्था छ । योगदानकर्ताको तलबबाट रोजगारदाताले न्यूनतम तलबको ११ प्रतिशत रकम कट्टा गर्ने व्यवस्था छ । श्रमिकको न्यूनतम तलबको २० प्रतिशत रोजगारदाताले थप गरी जम्मा ३१ प्रतिशत रकम कोषमा जम्मा गरिन्छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #श्रमिक सूचीकृत, #सामाजिक सुरक्षा योजना
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्