अझै सुचारु भएनन् हेलिकप्टर,दैनिक करोडबढी घाटा

काठमाडौं । लामो लकडाउन र निषेधाज्ञाका कारण ठप्प रहेको हेलिकप्टर ब्यवसाय अझै सुचारु हुन सकेको छैन् । पर्यटकीय सिजन भएपनि कोरोनाका कारण पर्यटक नआउदा हेलिकप्टर ब्यवसाय अझै ठप्प छन् । जसका कारण हेलिकप्टर व्यवसायीले करोडौं घाटा ब्यहोरिरहेका छन् ।
नेपालमा हेलिकप्टरका मुख्य यात्रु विदेशी पर्यटक हुन् । यसमा पनि पर्वतारोहण र पदयात्रा निस्केका यात्रुले हेलिकप्टर बढी प्रयोग गर्छन् । तर, कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै पर्यटक आगमन ठप्प भएपछि अधिकांश हेलिकप्टरहरु थन्किएका छन् । लकडाउन खुलेर परिस्थिति सामान्य बन्दै गएपनि दुईवटा हेलिकप्टर कम्पनी– फिस्टेल र एयर डाइनेस्टीले सेवा शुरु गर्न सकेका छैनन् ।
सेवा शुरु गरेका कम्पनीहरुले पनि एकभन्दा बढी हेलिकप्टर चलाउन सकेका छैनन् । बिभिन्न कम्पनीका दुई दर्जन हेलिकप्टर काठमाडौं विमानस्थलमा थन्किएका छन् । पर्यटकीय सिजन शुरु भएर पर्यटक आउने वातावरण नबनेसम्म हेलिकप्टर उड्ने सम्भावना देख्दैनन् । अहिले पर्यटकीय सिजन हो । सामान्य अवस्थामा यो समयमा रोटर विङ्स र फिक्स्ड विङ्सबाट दैनिक करिव १२ करोड रुपैयाँको आम्दानी हुन्थ्यो ।
वायु सेवा संचालक संघका अनुसार १७ करोडको व्यापार घाटा भएको छ । सिजनमा दैनिक एउटा हेलिकप्टर पाँचवटा उडान भर्दै आएका थिए । विभिन्न कम्पनीले संचालन गरिरहेका कुल ३० वटा हेलिकप्टरले दैनिक कमाउने करिव तीन करोड रुपैयाँ कोभिड–१९ प्रभावका कारण शून्य रहेको वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्मा बताउछन् । कोरोना भाइरसको संक्रमणका कारण झण्डै ८ महिना ठप्प रहेको आन्तरिक हवाई उडान सुचारु भएपनि यात्रु अभावका कारण दैनिक एक करोड बराबरको घाटा व्यहोरिरहेको ब्यवसायीको गुनासो छ ।
क्याटेगोरी : अर्थ, पर्यटन, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #विदेशी पर्यटक, #हेलिकप्टर ब्यवसाय
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्