ढुङ्गे धारा संरक्षणमा कसले दिने चासो ?
काठमाडौं । उपत्यकाको मौलिक सभ्यताको पहिचानको रूपमा रहेका अधिकांश कलात्मक ढुङ्गे धाराहरू सहरी क्षेत्रमा नै धेरै छन् । गाउँ घरमा मात्रै होइन, काठमाडौं शहरमा पनि प्रसस्तै ढुङ्गे धारा छन् । पहिले टोलै पिच्छे, बस्ती नै पिच्छे ढुङ्गे धारा हुन्थे । अहिले धेरै धारा लोप हुदै गएका छन्, भएका धाराहरुमा पानी छैन । धारा सुख्खा र फोहोर भइसक्यो । ढुङ्गे धाराहरूको हस्तकलाको विविध कलात्मक पक्षले नेपालको प्राचीन तथा मध्यकालीन इतिहासलाई प्रतिनिधित्व गरेको छ । ढुंगे धारामा पानी आउन छोडेको दशौं वर्ष भइसकेको छ ।
राजकुलोहरु विस्तारै हराउँदै जाँदा पानीको मुहानहरु सुक्दै गएको छ । उपत्यकामा करिब ६ सय ढुङ्गेधाराहरु छन् । तीमध्ये अधिकांश धारामा पानी आउँदैन । कतिपय ढुङ्गेधारा त लोप हुने अवस्थामा पुगेका छन् । यो बलाजुको २२ धारा हो । यहाँ ढुंगाबाट बनेको २२ वटा ढुंगेधारा मध्ये दुइ वटा मात्रै पानी आउँछ । २० बर्ष पहिलेसम्म पाटनका टोलका मानिसहरु ढुंगेधाराको पानी पिउँथे । तर, अहिले धारा छ, पानी आउँदैद । केही धारामा बर्खाको समय थोरै पानी आउँछ । हिउँदमा त त्यहि पनि सुक्छ । तर पहिले धारामा हिउँद बर्खै पानी टुट्दैन थियो । अहिले सबैतिर घर बने, सडक पिच भयो । जसले गर्दा ढुङ्गेधारा सुक्न थाल्यो ।
ललितपुरका स्थानीयका अनुसार बाटोहरु सबै ढलान भएका कारण पानीहरु सुक्दै गएको हो । जलाधार विज्ञ प्रयाग जोशीका अनुसार दशकौँ अगाडि पहाडका कुना कन्दरामासम्म पनि पोखरीहरु निर्माण गरेर पानी जोखाउने काम हून्थ्यो । तर, अहिले पानी संरक्षणको काम नहुँदा ढुंगेधाराहरु सुख्खा भएको जोशी बताउँछन् । उपत्यकाको मौलिक सभ्यताको पहिचानको रूपमा रहेका अधिकांश कलात्मक ढुङ्गे धाराहरू लोप हुँदै जाँदा पनि सम्बिन्धत निकायहरुले चासो दिएका छैनन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कलात्मक ढुङ्गे धारा
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्