बिमा रकम भुक्तानीमै आलटाल, अर्थमन्त्रालयको भूमिका प्रभावहिन

काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिन सुरु भएसंगै २०७७ बैशाखबाट कोरोना बीमा सुरु भयो । कोरोनाको सुरुवाती दिन देखिनै बिभिन्न बिमा कम्पनिहरुले नागरिकको बिमा गराए । तर अहिले बिमा भुक्तानीमा समस्या देखिएको छ । बिमितहरुले बीमाबापतको रकम नपाएको गुनासो गरिरहेका छन् । अर्थ मन्त्रालयले पटकपटक सहजै बिमा रकम उपलब्ध गराउन बिमा समितिलाई निर्देशन दिए पनि पालना भएको छैन । कोरोना बीमा भुक्तानीका लागि हप्तौ बिमा कम्पनी धाउँने बिमितहरु पीडामा छन् । कोरोना संक्रमण भएपछि पाउनुपर्ने बिमा बापतको रकम नपाएपछि बिमितहरु अन्यायमा परेका हुन् । सुरुमा धमाधम अनेकौँ प्रलोभन देखाएर बिमा गराएका कम्पनीहरु अहिले रकम भुक्तानी गर्न आनाकानी गरिरहेका छन् ।
अर्थ मन्त्रालयले मंसिर १९ गते कोरोना बिमा मागदाबी तीन दिनभित्र भुक्तानी दिन बिमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । मन्त्रालयले कात्तिक १८ गते पनि सात दिनभित्र बिमा दाबी भुक्तानी गर्ने निर्देशन दिएको थियो । तर मन्त्रालयकै निर्देशन पालना नहुँदा समस्या देखिएको हो । टोखा नगरपालिका धापासिका टेक बहादुर अर्याल कोरोना बिमा भुक्तानी पाउ भनि कागजपत्र सहित निबेदन पेष गर्न सगरमाथा इन्सुरेन्स कम्पनिमा पुगेका छन् । तर उनले सहजै रकम नपाउने स.केत पाइसकेका छन् । यदी नियमअनुसार रकम नपाए कानुनी प्रक्रियामा जाने उनको योजना छ । अर्थ मन्त्रालयले हालसम्म न्यून संख्यामा मात्र भुक्तानी भएको र दैनिक प्रगति प्रतिवेदन नियमितरुपमा मन्त्रालयमा प्राप्त नभएको भन्दै असन्तुष्टि जनाएको छ । तर बिमा कम्पनीहरुले प्रक्रिया पूरा गराउन समय लाग्ने भएकाले ढिला हुने गरेको बहाना बनाउने गरेका छन् ।
कोरोना संक्रमितको विवरणलाई सत्य तथ्य प्रमाणित गराउनै समस्या भएको बिमा कम्पनीहरुको तर्क छ । बिमकले बिमाको दाबि गर्न जादा पुरा कागजपत्र नलागेको कारण नै समय लाग्ने गरेको बिमा कम्पनीको भनाई छ । बिमासँग सम्बन्धित कम्पनी तथा संस्थाहरुले आ–आफ्नै समस्या देखाइरहँदा बिमा गराएपछि कोरोना संक्रमणको सिकार भएकाहरु भने अन्यायमा परेका छन् । सरकारले उनीहरुलाई न्याय दिलाउन गरेको प्रयास पनि सफल हुन सकेको छैन । अहिलेसम्म कोरोना बिमा गराएका करिब ३५ हजार संक्रमित भइसकेका छन् । तिमध्ये ७ हजारले मात्रै बिमा बापतको रकम पाएका छन् ।
क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कोरोना बीमा, #बिमा कम्पनिहरु
ताजा खबर
- १डा.बाबुराम भट्टराईले किन दिए कुकुरले घाँस खाने अभिब्यक्ती ?
- २गगन थापाको प्रस्तावः निजामती सेवाको खुलातर्फ भित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरौँ
- ३निजामती कर्मचारी संगठनको महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्यो, रेवन्त गौतम र भवानी दाहाल प्रतिष्पर्धामा
- ४ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
- ५मःम पसलको ग्यास विस्फोट घटनाः अर्का एक जना घाइतेको पनि मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्