नेकपाभित्र अंकगणितिय खेल सुरु,प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीचको भेटवार्ताले तरंग

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धयले आफुलाई बलियो देखाउन पार्टी भित्र देखाएको बहुमत र अल्पमतको कित्ताकाट पार्टी फुटीहाले कसरी अघि बढ्ने गृहकार्यमा जुटेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवालाई भेट्दैगर्दा अर्का अध्यक्ष पुष्पकमल दाहालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र्र यादवलाई भेटेर सहकार्यको आग्रह गरेसँगै नेकपा अब फुटको औपचारिक घोषणाको संघारमा पुगेको आँकलन गर्न थालिएको छ । आन्तरिक विवाद बढेका बेला प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
शनिबार करिब तीन घन्टा प्रधानमन्त्री ओली र सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा रिक्त रहेका संवैधानिक आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिबारे छलफल भएको भनिएपनि नेकपाभित्र देखा परेका पछिल्ला विवादबारे पनि कुरा भएको बताईएको छ । पार्टी फुट्ने अवस्थामा पुग्यो भने आगामी दिनमा सहकार्य गरी अगाडि बढ्ने बारे प्रधानमन्त्री ओली र देउवाबीच कुराकानी भएको थियो । भेटमा ओलीले प्रचण्डले पहिलेदेखि नै दुःख दिएको र अहिले त्यसमा माधव नेपाल पनि मिसिएपछि आफू संकटमा परेको भन्दै सहकार्यका लागि ८ मन्त्रालय आफू कांग्रेसलाई दिन तयार रहेको भन्दै प्रस्ताव गरेको बुझिएको छ ।
कांगेस सभापति देउवाले भने उचित समयमा उचित निर्णय लिने जवाफ सहित कोरोना महामारि नियन्त्रणमा गम्भिर बन्न सुझाब दिएका थिए । यता प्रधानमन्त्री ओलीले देउवासँग छलफल गरीरहँदा अर्का अध्यक्ष दाहाल – नेपाल पक्षपनि आन्तरिकसँगै दलगत छलफलमा जुटेको छ । अध्यक्ष दाहाले पनि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेर सहयोगको आग्रह गरेको बाहिरिएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवालाई भेट्नु र अर्का अध्यक्ष दाहालले जनता समाजवादीका अध्यक्षलाई भेट्नुलाई संसदमा आफ्नो बहुमत सिद्ध गर्ने गणितिय खेल सुरु भएको रुपमा हेरिएको छ ।
यदि नेकपा फुटेको घण्डमा हाल संसदमा रहेको १७४ जना सांसदहरु मध्ये प्रधानमन्त्री ओलीको दाबी अरुसार उनको पक्षमा ८० जना सांसद र प्रचण्ड–नेपाल पक्षमा ९४ जना सांसद रहने आँकलन गरिएको छ । यद्यपी सांसदहरु भने गुटगत कित्ताकाटमा नलाग्ने अडानमा छन् । यदि नेकपा फुटेको खण्डमा बहुमत सिद्ध गरेर सरकारमा रहन ओली पक्षले अहिले सहयोग मागिरहेको नेपाली कांग्रेसको साथ लिए पुग्ने देखिन्छ । ओली पक्षमा दाबी गरिएका ८० र कांग्रेसका ६३ सांसद एक भएमा १ सय ७४ पुग्छ । योसंख्या बहुमतलाई आवश्यक पर्ने १ सय ३८ भन्दा बढी हो । अर्कोतर्फ ९४ सांसद रहेको प्रचण्ड ओली समूहले बहुमत पुर्याउन जनता समाजवादीका ३३ सांसदलाई मात्र चित्त बुझाएर पुग्दैन ।
यी दुई मिल्दा १२७ मात्रै पुग्ने भएकाले थप ११ सांसदका लागि कांग्रेससँग साथ लिनुपर्ने हुन्छ । ओली वा प्रचण्ड–नेपाल समूह नेकपा फुटेमा दुबैले बहुमत सिद्ध गर्न नेपाली कांग्रेसको साथ लिनुपर्ने देखिन्छ । नेकपाका शीर्ष नेताहरुबीचको शक्ति संघर्षका कारण उत्पन्न विवादले कुन मोड लिन्छ अहिले नै यसै भन्ने अवस्था भने छैन । अझ, पछिल्लो समय त नेकपा फुटेर ओली अल्पमतमा पर्ने देखिएमा संसद विघटन त हुने होइन भन्ने अनुमान र चर्चा समेत नेपाली राजनीतिक वृत्तमा चुलिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपाभित्र अंकगणितिय खेल
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्