Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

नेपालमा पर्यटक आगमन दर दैनिक बढ्दो, कात्तिक महिनामा मात्रै करिब दुई हजार पर्यटक नेपाल आए


काठमाडौं । पर्यटकका लागि गरिएको बन्देज खुला भएपछि सानो सङख्यामा भए पनि पर्यटक नेपाल भित्रिन थालेका छन् । कात्तिक १ देखि विदेशी पर्यटकलाई पनि खुला भएपछि पर्यटक आउने क्रम बढ्न थालेको हो । नेपालमा लकडाउन शुरु भएयता कात्तिकमा ठूलो संख्यामा पर्यटक भित्रिएका छन् । सरकारले १७ अक्टोवरबाट पर्यटकलाई घुमफिरमा आउन खुला गरेको थियो । त्यसअगाडी नै पर्वतारोहण र पदयात्रामा आउने पर्यटकलाई संस्थागत रुपमा सिफारिस लिई नेपाल आउने ढोका खुलेको थियो ।

सरकारले विदेशी पर्यटकमाथि लगाएको प्रतिवन्ध खुकुलो बनाएसँगै नेपालमा विदेशी पर्यटक तथा नागरिकको आवागमन बढ्न थालेको हो । पर्यटक खुला भएको महिना अक्टोबर अर्थात कात्तिकमा मात्रै एक हजार ८ सय ७४ जना पर्यटक नेपाल आएका छन् । कोभिड सङक्रमण नियन्त्रणका लागि बन्दाबन्दी सुरु गरिएको चैत ९अप्रिल यता सबैभन्दा धेरै पर्यटक कात्तिकमा भित्रिएको पहिलो पटक हो ।

अध्यागमन विभागका अनुसार गत साउनसम्म नगन्य रहेको विदेशी नागरिकको आवागमन असोज र कात्तिकमा पर्यटक आगमन बृद्धि भएको विभागको भनाई छ । असोज र कात्तिकमा २ सय ४०, बेलायतबाट १ सय ६७ , चीनबाट ७३ भारतबाट ७५ अष्ट्रेलियाबाट २९ क्यानडाबाट ३३ ,जापानबाट ४० जोर्डनबाट ३०, टर्कीबाट ९०लगायत विभिन्न देशबाट एक हजार एक सय ९१ पर्यटक आएका छन् । जसमा महिला ३ सय ७४ र पुरुष ८ सय १७ रहेका छन । असोज र कात्तिकमा नेपालबाट विदेश फर्कने विदेशी नागरिकको संख्या भने २ हजार ८ सय १४ जना रहेको छ । हाल कोरोना भाइरसको कहर नहुदो हो त मूलुकले भ्रमण वर्ष २०२० मनाइरहेको हुन्थ्यो ।

सरकारले जनवरी १ तारिकमा निकै तामझामका साथ भ्रमण वर्षको औपचारीक उद्घाटन गरेको थियो । सरकारले भ्रमण वर्षलाई औपचारीकता प्रदान गर्दा सम्म कोरोना भाइरस चिनको वुहानमा मात्र सिमित रहेको थियो । अचानक महामारीका रुपमा फैलिएको नोभेल कोरोना भाईरसको संक्रमणले नेपाललाई पनि प्रभाव पारेको छ । सङक्रमणका बीच पनि पर्यटकका लागि नेपाल खुला गरिएपछि हजारभन्दा बढी पर्यटक नेपाल आएका हुन । कोरोना भाईरस दिनहु बढ्दै जाद पनि पर्यटक भित्रिनु नेपालका लागि सकारात्मक पक्ष हो ।


क्याटेगोरी : अर्थ, पर्यटन, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #विदेशी पर्यटक

तपाईको कमेन्ट लेख्नुहोस्