२ लाख १५ हजार २० पुग्यो नेपालमा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार १ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमित मध्ये ८ सय ६४ जना महिला र १ हजार २ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार ३ सय ८७ जना संक्रमित थगपिएका छन् भने प्रदेश एकमा २ सय ९० जना, लुम्बिनी प्रदेशमा १ सय ६५ जना, गण्डकी प्रदेशमा १ सय ५४ जना, सुदुरपश्चिम प्रदेशमा २४ जना, र प्रदेश दुईमा ७७ जना संक्रमित थपिएका छन् ।
त्यसैगरी बिहिबार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका १ हजार २ सय २९ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९ सय ६५, ललितपुरमा १ सय ८९ र भक्तपुरमा ७५ जनालाई कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा ८० हजार ७ सय २६, ललितपुरमा ११ हजार ७ सय ७४ र भक्तपुरमा ७ हजार २ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा हालसम्म काठमाडौंमा ३ सय १२, भक्तपुरमा ८१ र ललितपुरमा ८९ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौमा बुधबार ५ सय १३ जना महिला र ७ सय १६ जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा सबैभन्दा धेरै २१ वर्षदेखि ३० वर्ष समुहका व्यक्ति संक्रमित भएका छन् । त्यसपछि ३१ देखि ४० वर्ष उमेरका नागरिक बढि संक्रमित भएका छन् । सबैभन्दा कम संक्रमित ८० वर्षभन्दा धेरै उमेर समुहका रहेका छन् । हाल सम्म संक्रमण पुष्टि भएका मध्ये ७३ हजार १० जना महिला र १ लाख ४२ हजार १० पुरुषमा संक्रमण देखिएको तथ्याङकमा उल्लेख गरिएको छ । यस्तै १७ संक्रमितको मृत्यु भएको छ भने हालसम्म १ हजार २ सय ७६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । संक्रमितमध्ये शुन्य दशमलब पाँच नौ प्रतिशतको मृत्यु भएको हो । मन्त्रालयका अनुसार २ हजार ८ सय ५८ जना कोरोना मुक्त भएका छन् भने हालसम्म १ लाख ८५ हजार ६ सय ३८ जना कोरोनामुक्त भएका छन् । कूल संक्रमितमध्ये ८६ दशमलब ३४ प्रतिशत निको भएका हुन् ।
आज देश २८ हजार ८ सय ७८ जना संक्रिय संक्रमित छन् । यो संख्या कूल संक्रमितको १३ दशमलब ०७ प्रतिशत हो । सबैभन्दा धेरै सक्रिय संक्रमित काठमाण्डौ जिल्लामा १२ हजार ४ सय ४१ जना रहेका छन् । सक्रिय संक्रमितको संख्या २८ हजार १ सय ६ रहेको रहेको छ तिमध्ये घरमै बस्नेको संख्या २७ हजार ३ सय ४७ जना रहेको छ भने बाँकी अस्पतालमा रहेका छन् । अस्पतालमा रहनेमध्ये ३ सय ८० जना आइसियु र ६२ जना भेन्टिलेटरमा उपचाररत छन् । हालसम्म ७ सय ७६ जना क्वारेन्टाइनमा छन् । बुधबार ९ हजार ५ सय ८ पिसिआर परि।क्षण भएसँगै नेपालमा हालसम्म १६ लाख ३३ हजार ५ सय ५९ जनाको पिसिआर परीक्षण भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना भाइरस
ताजा खबर
- १सडकमा हिड्दा हिड्दै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ
- २बढ्यो पेट्रोल र डिजेलको मूल्य
- ३मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द
- ४एमालेलाई मिनबहादुरको १० रोपनी जग्गा दान, शिलान्यास गर्ने ओलीमाथि उठ्यो प्रश्न !
- ५सहकारीको एउटै प्रकरणमा सरकारको विभेद, कोही जेल कोही खुलेआम चुनौति दिदैं राजनीतिमा !
तपाईको कमेन्ट लेख्नुहोस्