नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नजिक, पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु
काठमाडौं । नेपालमा मंगलबार थप २ हजार ७ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २ हजार ७ सय ३६ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये एक हजार ५९ जना महिला र १ हजार ६ सय ७७ जना पुरुष रहेका छन् । त्यसैगरी सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार ७ सय ७७ जना संक्रमित थगपिएका छन् भने प्रदेश एकमा २ सय ५२ जना, लुम्बिनी प्रदेशमा २ सय ७९ जना, गण्डकी प्रदेशमा २ सय ९ जना, सुदुरपश्चिम प्रदेशमा ९६ जना, प्रदेश दुईमा ९८ जना र कर्णाली प्रदेशमा १३ जना संक्रमित थपिएका छन् ।
त्यसैगरी शनिवार थपिएका संक्रमितमध्ये काठमाण्डौ उपत्यकाका १ हजार ४ सय २० जना रहेका छन् । यो संगै नेपालका कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ । नेपालमा सबैभन्दा धेरै २१ वर्षदेखि ३० वर्ष समुहका व्यक्ति संक्रमित भएका छन् । त्यसपछि ३१ देखि ४० वर्ष उमेरका नागरिक बढि संक्रमित भएका छन् । सबैभन्दा कम संक्रमित ८० वर्षभन्दा धेरै उमेर समुहका रहेका छन् । कोरोनाका कारण थप २२ जनाको मृत्यु भएको छ भने हालसम्म १ हजार १ सय ४८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । संक्रमितमध्ये शुन्य दशमलब पाँच सात प्रतिशतको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार ८ सय ५३ जना कोरोना मुक्त भएका छन् भने हालसम्म १ लाख ६० हजार ५ सय ७७ जना कोरोनामुक्त भएका छन् । कूल संक्रमितमध्ये ८० दशमलब ३८ प्रतिशत निको भएका हुन् । संक्रमितमध्ये अहिले ३८ हजार ३८ जनामा सक्रिय संक्रमण रहेको छ । यो संख्या कूल संक्रमितको १९ दशमलब ०४ प्रतिशत हो । सबैभन्दा धेरै सक्रिय संक्रमित काठमाण्डौ जिल्लामा १६ हजार ६ सय ८६ जना रहेका छन् ।
हाल ३८ हजार ३५ आइशोलेशनमा छन् । तिमध्ये घरमै बस्नेको संख्या २९ हजार ७ सय ३४ जना रहेको छ भने बाँकी अस्पतालमा रहेका छन् । अस्पतालमा रहनेमध्ये ४ सय ४ जना आइसियु र ९६ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै गरि १३ जिल्ला काठमाडौ भक्तपुर ललितपुर चितवन झापा मोरङ सुनसरी मकवानपुर काभ्रे कास्की नवलपरासी दाङ रुपन्देहीमा ५ सय भन्दा बढी संक्रमितको उपचार भैरहेको छ । मनाङमा कोही पनि कोरोना संक्रमित छैन्न । हालसम्म १ हजार ५८ जना क्वारेन्टाइनमा छन् । हालसम्म १५ लाख ६४ हजार २ सय १४ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना पुष्टि
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्