नेकपाका बहुमत सचिवालय सदस्य अध्यक्ष ओलीलाई पेलेरै जाने रणनीतिमा

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्तिक २७ गते सचिवालय बैठक बोलाउने प्रस्ताब गरेका छन् । कार्यकारी अध्यक्ष दाहाल सहित सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठकले कार्तिक २७ गते सचिवालय बैठक बोलाउने प्रस्ताव गरेका हुन् । नेकपा पार्टी मुख्यालय धुम्बाराहीमा बसेको अनौपचारिक बैठकमा कार्यकारी अध्यक्ष दाहालले अनौपचारीक बैठक नभई औपचारिक बैठक बोलाउनका लागि आग्रह गर्न बालुवाटार गएपनि ओलीले कुनै निर्णय नदिएपछि दाहाल सचिवालय बैठकका लागि धुम्बाराही पुगेका थिए ।
धुम्बाराहीमा बहुमत सदस्यको अनौपचारीक छलफल भएपनि २७ गतेसम्म सहमतीका लागि अर्का अध्यक्ष ओलीसँग छलफल गर्ने र सहमती नभए एकलौटी रुपमै औपचारीक सचिवालय बैठक बस्ने निष्कर्षमा दाहाल पक्ष पुगेको छ । प्रधानमन्त्री ओलीसँग सहमती नभएपछि अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी रहेका थिए । अनौपचारिक बैठकका लागि सचिवालयका सबै सदस्यलाई खबर गरिएको थियो । तर, प्रधानमन्त्री ओलीलगायत उनी निकट नेता बैठकमा उपस्थित भएनन् ।
यसअघि पनि दाहालले कात्तिक २१ गते धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए । उक्त बैठकमा पार्टीको औपचारिक बैठकको सहमतिका लागि अध्यक्ष ओलीलाई लिखित पत्रसहित सामूहिक भेटेर आग्रह गर्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार कात्तिक २२ मा अध्यक्ष दाहालसहितका ५ नेताले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई दुई पेज लामो पत्र बुझाएका थिए ।
अध्यक्ष दाहालले पत्र बुझाउँदै दुई दिनभित्र सचिवालयको बैठकका लागि सहमति दिन प्रधानमन्त्री ओलीलाई समय दिएका थिए । तर, समयसीमा सकिँदा पनि ओली बैठकका लागि तयार नभएपछि दाहालले थप छलफलका लागि सचिवालयका सदस्यको अनौपचारिक बैठक बोलाएका हुन् ।
क्याटेगोरी :
देश/दुनियाँ,
प्रमुख समाचार,
ब्रेकिंग न्युज,
राजनीति,
समाचार
ट्याग : #धुम्बाराहीमा सचिवालय, #नेकपा
तपाईको कमेन्ट लेख्नुहोस्