Techie IT
  • ६ माघ २०८१, आईतबार
KhojPatrika

एकसातामा भुक्तानी देलान् त बीमा कम्पनीहरुले ?


काठमाडौं । विश्वमा कोरोना संक्रमण फैलिदै गर्दा नेपालका बीमा कम्पनीहरु भने सर्वसाधारणसँग कोरोना बिमा गर्न तछाड–मछाड गरे । कोरोना संक्रमण भयो भने उपचार सहज होस् भन्दै मानिसहरुले कोरोना बीमा पनि धमाधम गरे । बिमा कम्पनीले कोरोना बीमा भन्दै नागरिकबाट एक अर्ब संकलन गरे । पुनर्बिमा कम्पनीबाट एक अर्ब, बिमा समितिबाट एक अर्ब र महाविपत्ति कोषबाट ५० करोड गरी तीन अर्ब ५० करोड बीमा कम्पनीमा जम्मा भएको छ । तर, नेपालमा कोरोना संक्रमण तीब्र रुपमा फैलिदा बीमा कम्पनीहरु भने बिभिन्न बाहनामा संक्रमितलाई रकम नै नदिई झुक्याइरहेका छन् । तर, बिमा कम्पनीले १३ करोड बितरण पछि भुक्तानी नै रोकेर दुख दिइरहेका छन् ।

अझ सरकारले समेत कोरोना उपचार आफै गर्नुभन्दै हात झिकेपछि समस्यामा परेका नागरिक बीमा कम्पनीबाट समेत आजित भएका छन् । संक्रमितको उपचारका लागि बीमा कम्पनीले समेत रकम नदिदा नागरिकले थप सास्ती खेप्नुपरेको छ । बिमा कम्पनीहरूले १७ लाख ७० हजार नौ सय २६ जनाको बिमा गरेका छन । तर, अहिलेसम्म जम्मा एक हजार चार सय ४१ जनाको मात्र भुक्तानी भएको छ । १७ लाख ७० हजार जनताको बिमा गर्दा कम्पनीहरूले एक अर्ब एक करोड ९१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए । कुल बिमितमध्ये शून्य दशमलव ७५ प्रतिशत अर्थात् कुल १३ हजार तीन सय ५३ संक्रमित भएको भन्दै दाबी परेको थियो । तर, बिमित संक्रमितमध्ये ११ प्रतिशत अर्थात् जम्मा १४ सय ४१ जनाको मात्र भुक्तानी भएको छ ।

संक्रमण पुष्टि भएको ब्यक्तीको कागजात प्रमाणित गर्ने भन्दै बिमा कम्पनीले भुक्तानी ठप्प पारेका हुन् । संक्रमित ब्यक्तीको कागजात पुन प्रमाणित गर्नुपर्ने विमा कम्पनीलाई किन आइलाग्यो । मंगलबार बिमा समितिका पदाधिरीलाई बोलाएर ७ दिनभित्र भुक्तानी दिन निर्देशन दिएका छन् । अर्थमन्त्रीको निर्देशनपछि नियामक निकाय बिमा समितिले सबै बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । कोरोना लागेर निको भइसकेको लामो समयसम्म पनि धेरैले बिमा दावी भुक्तानी नपाएको व्यापाक गुनासो आएपछि समितिले यस्तो निर्देशन दिएको हो । अर्थमन्त्रीले कार्यको समन्वय र अनुगमन बिमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउन निर्देशन दिएको छ ।

यस्तै कोरोना बिमाको दावी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बिमा कम्पनीहरुलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्चालन गर्ने व्यवस्था बिमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको अर्थमन्त्रालयले जनाएको छ । सोही निर्देशन बमोजिम बिमा समितिले तयारी थालेको छ । बिमा समितिले ५ सय रुपैयाँ तिरेर ५० हजार रुपैयाँ र एक हजार रुपैयाँ तिरेर एक लाख रुपैयाँको कोरोना बिमा गर्न सक्ने व्यवस्था गरेको थियो ।

सामूहिक बिमा गर्दा भने बिमा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । तर, कोरोना धेरैलाई लागेपछि बिमा कम्पनीहरु आत्तिएका छन । भुक्तानी गर्न नसकिने भन्दै बिमा समितिलाई पोलिसी खारेज गर्न सुझाएका बिमा कम्पनीहरुले अर्बौको भुक्तानी नदिई अहिले रोकेर राखेका छन् । शुरुमा कोभिड पोजिटिभ आउनेबित्तिकै एक लाखको गरेको भए पुरै रकम पाउने भनिएकोमा पछिल्लो पटक मापदण्ड संशोधन गर्दै समितिले पोजिटिभ आएमा २५ प्रतिशत रकम तत्कालै र बाँकी ७५ प्रतिशतसम्म रकम अस्पताल वा होटल आइसोलेसनमा बसेको बिल भरपाई पेश गरिसकेपछि दिने व्यवस्था गरिएको छ ।

समितिले मंगलबार जारी गरेको निर्देशिकामा कोरोना बिमालेख पोलिसीअनुसार भुक्तानी दावी गरेका बिमितहरूको पिसिआर रिपोर्ट प्रमाणित भएको अवस्थामा एक साताभित्र भुक्तानी दिन भनेको छ । हालसम्म २० हजारभन्दा बढी बिमितले दुई अर्ब भन्दा बढी रुपैयाँको बिमा दावी भुक्तानीका लागि कागजात पेश गरे पनि करिब १५ करोड रुपैयाँ मात्र दावी भुक्तानी भएको छ । महामारीको बिमा नहुने सिद्धान्तविपरीत सरकारको नीति र बिमा समितिको दबाबमा सुरु भएको कोरोना बिमामा कम्पनीहरूले दावी भुक्तानी नदिएपछि आलोचना हुँदै आएको छ ।


क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना बिमा, #बीमा कम्पनीहरु

तपाईको कमेन्ट लेख्नुहोस्