Techie IT
  • २१ मंसीर २०८१, शुक्रबार
KhojPatrika

भारतीय सेनाध्यक्ष नरवणे नेपालमा, भोलीदेखि औपचारिक कार्यक्रम


काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि नेपाल आएका छन् । कारीब सवा १२ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । बलाधिकृत रथी प्रभुराम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत अभिवादन गरेका थिए । उनी त्यहाबाट सिधै सोल्टी होटल पुगेका थिए । उनी आउँदा कडा सुरक्षा व्यवस्था गरिएको थियो । सडक किनारामा मानिसलाई उभिनसमेत सुरक्षाकर्मीले दिएका थिएनन् ।

नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुुरुप नरवणे नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन् । नेपाली सेनाले स्थलसेनाध्यक्ष नरावणेको भ्रमणको मुुख्य उद्देश्य परम्पराको निरन्तरता नै भएको जानकारी दिएको छ ।

नरवणेले बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन् । त्यसलगत्तै सैनिक मुख्यालय जङ्गी अड्डामा सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरवणेसँग औपचारिक भेटवार्ता गर्नेछन् । सोही अवसरमा दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदान सम्बन्धी तेह्राँै बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछन् । उनको सम्मानमा विहिबार नै जङ्गी अड्डामा रात्रिभोज आयोजना हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थलसेनाध्यक्ष नरवणेले शुुक्रबार औपचारिक भेट गर्ने कार्यक्रम छ । नरवाणेको औपचारिक कार्यक्रम तथा भेटघाट विहिबार देखि सुरु हुनेछ ।

बुधबार भने उनले विभिन्न ठाउँको अवलोकन गरेका छन् । नरवणेले जिवितदेवी कुमारीको दर्शन गरेका छन् । बुधबार अपरान्ह काठमाडौंको बसन्तपुर पुगि उनले जिवितदेवी कुमारीको दर्शन गरेका हुन् । उनले कुमारीको दर्शन गरी वसन्तपुर स्क्वायरको अवलोकन पनि गरेका थिए । भारतीय सेनाध्यक्ष नरावणेको नेपाल भ्रमणको समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई भने सुरक्षाकर्मीले रोक लगाएको थियो । विमानस्थलको मुल गेटबाट भित्र छिरेका सञ्चारकर्मीलाई पार्किङ्ग क्षेत्रमै प्रहरीले रोकेको थियो भने केहीलाई मुल गेटमै रोकेको थियो ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेपाली सेना र भारतीय सेना, #भारतीय स्थलसेनाध्यक्ष

तपाईको कमेन्ट लेख्नुहोस्