सरकारलाई रासायनिक मलै ल्याउन धौं–धौं, जिटुजीमाध्यमबाट ल्याउन प्रक्रिया अघि बढाइयो

काठमाडौं । सरकारले बंगलादेशबाट पैंचोमा रासायनिक मल ल्याउने बताए पनि त्यो मल नआउने भएको छ । धानबाली लगाउने बेलामै रासायनिक मलको चरम अभाव भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बंगलादेशबाट पैंचोमा मल ल्याउने आश्वासन दिएको थियो । यसले धान बाली लगाउँदा मल नपाएर आहात भएका किसानहरु गहुँ छर्दा समेत मलविहीन हुने भएका छन् । बंगलादेशले ५० हजार मेट्रिक टन रासायनिक मल नदिने भएपछि नेपाल सरकारले जीटुजी मार्फत मल खरिदका् प्रक्रिया अघि बढाएको छ ।
बंगलादेशले पैँचोमा मल नदिने भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजीमार्फत मल खरिद गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको हो । धान रोपाइँ गर्ने समयमा मल आयातको ठेक्का दिएको शैलुङ इन्टरप्राइजेज र होनीको मल्टिपलले मल आयात नगरि देशभर रासायनिक मलको चरम अभाव सृजना गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका समकक्षी शेख हसिनाबीच पैँचोमा मल उपलब्ध गराउनबारे टेलिफोनमा मात्र कुराकानी भएको थियो । मौखिक सहमतिमा ५० हजार मेट्रिक टन मल बंगलादेशबाट ल्याउने र सोही परिमाणमा पछि फिर्ता गर्ने सहमति नेपाल सरकारले मौखिक सम्झौता गरेको थियो ।
सहमतिअनुसार बंगलादेशले मल नदिने भएपछि सोही मललाई जीटुजीमार्फत खरिद गर्न मन्त्रालयले प्रस्ताव पठाएको हो । बंगलादेशले पैँचोमा नभई खरिद गरेर लैजान भनेपछि मन्त्रालयले जीटुजीबाट मल खरिद गर्न लागेको हो । मन्त्रालयले सो मल ढुवानीका लागि टेन्डरसमेत गरिसकेको छ । मल ढुवानी गर्न जेनड्रो कम्पनीसँग सम्झौता भएको छ । सो कम्पनीसँग प्रतिटन ८३ अमेरिकी डलरमा मल ढुवानी गर्ने सम्झौता भएको मन्त्रालयले जनाएको छ । मल ढुवानीका लागि कम्पनीसँग सम्झौता भइसकेको हुँदा मन्त्रिपरिषद्को निर्णय भएको दुई महिनाभित्र मल नेपाल आइपुग्ने दाबी मन्त्रालयको रहेको छ ।
मल ल्याउने ठेकदार शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेजले कुनैपनि सामाग्री आयात गर्न सकेको छैन । गत असार १८ गते भएको ठेक्का सम्झौता अनुसार शैलुङले ३० हजार मेट्रिक टन मल ल्याउन पाएको ठेक्काको भाका कात्तिक २४ गते सकिदै छ । सो अबधिभित्र शैलुङले कृषि सामाग्री कम्पनीलाई मल बुझाई सक्नुपर्छ, तर सो समयभित्र मल आयात गर्न नसक्ने निश्चित भएको छ ।
गत आर्थिक वर्षको बजेटमार्फत कृषि सामाग्री कम्पनीले खरिद गर्ने मलको तीन वटा ठेक्का शैलुङ इन्टरप्राइजेजका शारदा अधिकारीले नै पाएका थिए । कम्पनीले गरेको अन्र्तराष्ट्रिय बोलपत्रमा युरिया र डिएपी गरेर तीन चरणमा ८० हजार मेट्रिक टन मल ल्याउने ठेक्का शैलुङले पाएको थियो । पहिलो २५ हजार मेट्रिक टन युरिया आयात गर्न शैलुङ इन्टरप्राइजेजले ३ सय २० डलर प्रतिमेट्रिक टन दरमा बोलकबुल प्रस्ताव गरेको थियो । सो सम्झौता अनुसार मल आयात गर्न शैलिङले नसक्दा समेत सरकारले कुनै कारबाही भने गरेको छैन ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #बंगलादेशबाट पैंचो, #रासायनिक मल
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्