बिभिन्न बाहनामा १३ हजारबढी कोरोना बिमितले पाएनन् बिमा रकम
काठमाडौं । विश्वमा कोरोना संक्रमण फैलिदै गर्दा नेपालका बीमा कम्पनीहरु भने सर्वसाधारणसँग कोरोना बिमा गर्न तछाड–मछाड गरिरहेका थिए । कोरोना संक्रमण भयो भने उपचार सहज होस् भन्दै मानिसहरुले कोरोना बीमा पनि गरे । तर, नेपालमा कोरोना संक्रमण तीब्र रुपमा फैलिदा बीमा कम्पनीहरु भने बिभिन्न बाहनामा संक्रमितलाई रकम नै नदिई झुक्याइरहेका छन् । कोरोना संक्रमण भयो भने उपचारका लागि सहज होस् भन्दै गरिएको कोरोना बीमामा कम्पनीहरुले भुक्तानी नै नदिई ठगी धन्दा चलाइरहेका छन् । बिमा कम्पनीले कोरोना बीमा भन्दै नागरिकबाट एक अर्ब संकलन गरे ।
पुनर्बिमा कम्पनीबाट एक अर्ब, बिमा समितिबाट एक अर्ब र महाविपत्ति कोषबाट ५० करोड गरी तीन अर्ब ५० करोड बीमा कम्पनीमा जम्मा भएको छ । तर, बिमा कम्पनीले १३ करोड बितरण पछि भुक्तानी नै दिएका छैनन् । अझ सरकारले समेत कोरोना उपचार आफै गर्नुभन्दै हात झिकेपछि समस्यामा परेका नागरिक बीमा कम्पनीबाट समेत आजित भएका छन् । संक्रमितको उपचारका लागि बीमा कम्पनीले समेत रकम नदिदा नागरिकले थप सास्ती खेप्नुपरेको छ । बिमा कम्पनीहरूले १७ लाख ७० हजार नौ सय २६ जनाको बिमा गरेका छन । तर, अहिलेसम्म जम्मा एक हजार चार सय ४१ जनाको मात्र भुक्तानी भएको छ ।
१७ लाख ७० हजार जनताको बिमा गर्दा कम्पनीहरूले एक अर्ब एक करोड ९१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए । कुल बिमितमध्ये शून्य दशमलव ७५ प्रतिशत अर्थात् कुल १३ हजार तीन सय ५३ संक्रमित भएको भन्दै दाबी परेको थियो । तर, बिमित संक्रमितमध्ये ११ प्रतिशत अर्थात् जम्मा १४ सय ४१ जनाको मात्र भुक्तानी भएको छ । संक्रमण पुष्टि भएको ब्यक्तीको कागजात प्रमाणित गर्ने भन्दै बिमा कम्पनीले भुक्तानी ठप्प पारेका हुन् । संक्रमित ब्यक्तीको कागजात पुन प्रमाणित गर्नुपर्ने विमा कम्पनीलाई किन आइलाग्यो । बीमा कम्पनीले सर्वसाधारणको रकम भुक्तानी नगर्दा समेत सरकारले कुनै चासो देखाएको छैन् ।
१७ लाख ७० हजार ग्राहकबाट एक अर्ब एक करोड संकलन गरेका बिमा कम्पनी सामु १३ हजार दाबी पर्दा एक अर्ब २८ करोडको दायित्व सिर्जना भएको छ । यति ठूलो महामारीका वेला सरकारले बिमामा समेत हिस्सा नलिएकोले कम्पनीहरूले थेग्न नसक्ने बताउँदै आएका छन् । २९ भदौ यता व्यक्तिको कोरोना बिमा रोकिएको छ । परिवार वा समूहको मात्रै बिमा यतिबेला भइरहेको छ । वैशाखबाट सुरु भएको कोरोना बिमामा पटक–पटक संशोधन भइसकेको छ । २८ भदौसम्म जारी भएका बिमा पोलिसीको दाबी भुक्तानीमा बिमितले नगद प्राप्त गर्नेछन । तर, २९ भदौपछि जारी बिमा पोलिसीमा बिमितले उपचार खर्च पाउने छन ।
२९ भदौबाट कोरोना संक्रमितले घरमै आइसोलेसनमा बसेर उपचार गर्दा २५ हजार र अस्पतालमा उपचार गराउँदा अधिकतम ७५ हजारसम्म उपचार खर्च पाउने ब्यवस्था गरिएको छ । गत असारपछि जारी भएका र हुने पोलिसीको अवधि आगामी असार मसान्तसम्म कायम हुनेछ । सोभन्दा अघि गरिएको बिमाको भने एक वर्षको अवधि रहेको थियो । सुरुमा कोरोना बीमा गर्ने होडबाजी चलाएका बीमा कम्पनीहरुले घाटामा जाने भएपछि अनेक बाहनाबाजी गरिरहेका छन् । पटक–पटक मापदण्ड परिवर्तन गर्दै बीमा कम्पनीले ठगी धन्दा चलाउँदा समेत सरकार भने मौन बसेको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना संक्रमण, #बीमा कम्पनीहरु
ताजा खबर
- १कोप सम्मेलनमा वन मन्त्रालयका कर्मचारीको रजाँई,विदेश जान लामै लिष्ट
- २दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट पनि दोषी ठहर, ५ वर्ष कैद सजाय
- ३रवि लामिछानेलाई १० दिन हिरासत राख्न अदालतको अनुमति
- ४उपप्रधानमन्त्री सिंहद्वारा विश्वसामु जलवायु न्यायको माग
- ५नेपाल फेरि उपविजेतामा सीमित, बंगलादेश च्याम्पियन
तपाईको कमेन्ट लेख्नुहोस्