भारतीय सेनाध्यक्ष नरवणेले भने दुई देशबीच रहेको सैन्य सम्बन्धलाई थप बलियो बनाउछु
काठमाडौं । नेपाल भ्रमणको पूर्वसन्ध्यामा भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले आफ्नो भ्रमणले दुई देशबीच रहेको सैन्य सम्बन्धलाई थप बलियो बनाउने बताएका छन् । भारतीय न्युज एजेन्सीले सार्वजनिक गरेको छोटो भिडियो सन्देशमा नरवणेले भ्रमणले दुई देशबीच रहेको सैन्य सम्बन्धलाई मजबुत बनाउन लामो बाटो तय गर्ने बताएका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने अवसरका लागि आफू आभारी रहेको उनले बताएका छन् ।
भिडियो सन्देशमा नरवणेले नेपालको राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह पाउनु आफ्नो लागि ठूलो सम्मान भएको बताएका छन् । उनले आफू नेपाल भ्रमणको व्यग्र प्रतिक्षामा रहेको समेत बताएका छन् । नेपाल र भारतबिच सिमा बिवादलाई लिएर बिगत एक बर्षदेखि चिस्सीएको सम्वन्ध भारतीय सेनाध्यक्ष जनरल मुकुन्द नरवणेको भ्रमणले दुई सेनाबीच लामो समयदेखि रहेको परम्परागत मित्रता प्रतिबिम्बित गर्ने र भ्रमणले दुबै पक्षलाई द्विपक्षीय रक्षा साझेदारीमा छलफल गर्ने अवसर प्रदान गर्ने बुझिएको छ ।
भारतीय दूतावासले जारी गरेको बिज्ञप्तीमा दुई देशबिचको आपसी हित र साझेदारी थप मजबुत बनाउन अबसर प्रदान गर्ने उल्लेख गरीएको छ । अरु बेला सामान्यतः सेना प्रमुखको भ्रमण एउटा कार्यतालिका र नियमित भ्रमण मात्रै हो । तर, यस पटक सम्बन्धमा गिरावट आएको समयमा भ्रमण हुन गइरहेकोले यस भ्रमणलाई दुबै देशले निकै महत्वका साथ हेरिरहेको भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल अशोक मेहताले बताए । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष नरभणेलाई विहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ । सोही दिन राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग सैनिक मुख्यालय जंगी अड्डामा द्धिपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम तय भएको छ ।
भारतीय स्थल सेनाध्यक्ष नरभणेले शुक्रवार शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेजमा सैनिक अधिकारीहरुलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेपछि अपरान्ह उनी स्वदेश फर्किने तालिका छ । सेना प्रमुखको भ्रमणले भारतसँग अन्य वार्ताको लागि वातावरण बन्ने र दुईपक्षीय सम्बन्धलाई सामान्यीकरण गर्न भूमिका खेल्ने अपेक्षा गरीएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #भारतीय सेनाध्यक्ष, #मनोज मुकुन्द नरवणे
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्