Techie IT
  • ९ माघ २०८१, बुधबार
KhojPatrika

काठमाडौं उपत्यकाका अस्पतालमा हाम्रो फोन बेड खाली छ ? अस्पतालको जवाफ छैन्


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको विवरण हेर्दा धेरै अस्पतालमा बेड खाली रहेको छ । तर, अस्पतालमा जाँदा बिरामी गेटबाटै फर्किनुपर्ने बाध्यताले सर्वसाधारण आजित बनेका छन् । सर्वसाधारणले पाएको दुख र पिडालाई मध्यनजर गर्दै हामीले बिभिन्न अस्पतालमा फोन गरेर सोध्यौं बेड खाली छ । तर, उत्तर आयो छैन् । पिलिज एउटा बेड मिलाइदिनुपर्यो भन्दै हारगुहार समेत हामीले गर्दा सुन्दै नसुने झै गरी अस्पतालले फोन नै राखिदिदा रहेछन् ।

सुरुमा हामीले काठमाडौंको हेम्स हस्पिटलमा फोन गरौं । ०१४३७७४०४ नम्बरमा फोन गरेर हामीले सोध्यौ कोरोना संक्रमित बिरामीलाई गाह्रो भयो बेड खाली छ ? छैन् भन्ने जवाफ आयो र हामीले फोन राख्यौं । त्यसपछि अन्तराष्ट्रिय लेभलको अस्पताल मानिने धापासीस्थित ग्राण्डी अस्पतालको ०१५१५९२६६ नम्बरमा फोन गरौं । त्यसबाट हामीलाई प्राप्त भयो ९८०१२०२५३९ नम्बर दिने पौडेलको नम्बर उपलब्ध भयो । उहाँलाई हामीले फोन गरौं र सोध्यौं कोरोना संक्रमितलाई अप्ठेरो भयो बेड खाली छ । जवाफ आयो छैन् ।

अन्य बिरामीलाई समेत कोरोना चार्ज भन्दै धेरै बिल थमाउने अर्को अस्पताल हो थापाथलीस्थि नर्भिक अस्पताल । नर्भिक अस्पतालको ०१४२१५०९० नम्बरमा फोन गरेर सोध्यौ अस्पतालमा बेड खाली छ । कोरोनाको बिरामीलाई गाह्रो भयो जवाफ आयो छैन् । कोरोनाका बिरामी उपचार गराइ रहेको ललितपुरको पाटन अस्पतालको ०१५५२२२९५ नम्बरमा हामीले तीन पटक फोन गरौं तर उठेन । चौथो पटक गरेको फोन रिसिभ गरेर कर्मचारी बोल्दै नबोली अर्को ब्यक्तीसँग विमाको प्रचार प्रचार गरेर हाम्रो फोनको वास्तै गरेनन् ।

महाराजगंजस्थित शिक्षण अस्पतालमा त बेड पाइएला नी भन्दै हामीले ०१४४१२५०५ नम्बरमा फोन लगाऔं । कर्मचारीले बेड छैन् भने । पिलिज सर मिलाइदिनुपर्यो भन्दा भन्दै उनीले थप कुरा सुन्नै नचाहेर गैरजिम्मेवार रुपमा प्रस्तुत भए । त्यसपछि हामीले बीर अस्पतालको ०१४२२१११९ नम्बरमा फोन लगाऔं । त्यहाँपनि अरु अस्पताल जस्तै संक्रमितलाई बेड मिलाइदिन आग्रह गरौं । तर, मिल्दैन भन्दै फोन राखियो । काठमाडौंका नाम चलेका यी अस्पतालले बेड नै छैनन् भनिरहेका छन् । तर, बेड प्रयाप्त छन् भनेर दाबी गरिरहेको छ ।

अस्पताल नै कोरोना संक्रमित भन्ने बित्तीकै त्रसिने रोग अझै हटेको छैन् । साच्चिकै सर्वसाधारण बनेर फोन गर्न निक्कै गाह्रो छ । अस्पतालका यी भनाईले कोरोना संक्रमितले उपचार नै नपाउने अवस्था आउँदा समेत सरकार भने कानमा तेल हालेर आँखा चिम्म गदैं बसिरहेको छ । के अव कोरोना संक्रमितले घरमै बसेर छटपटाउँदै मर्नुपर्ने हो । होइन भने बेड लुकाउने र कालोबजारी गर्ने अस्पताललाई किन सरकार कारवाही गर्न सक्दैन । सधैं बिचौलिायको फन्दामा किन पर्छ सरकार र स्वास्थमाथि खेलवाड गरिरहन्छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #शिक्षण अस्पताल, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको कमेन्ट लेख्नुहोस्