१३ हजार ४ सय ४६ पीसीआर परिक्षण गर्दा २ हजार ९३३ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ९ सय ३३ जनालाई कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये काठमाडौ उपत्यकामा मात्रै १ हजार ६ सय २२ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । जसमध्ये १ लाख ३७ हजार ९ सय ९२ जना निको भएका छन् ।
यसैबीच २४ घण्टामा ३ हजार १ सय ५० जना कोरोना पश्चात निको भएका छन् । यो संगै कोरोना संक्रमण पश्चात निको हुनेको संख्या १ लाख ७३ हजार ९ सय ९२ पुगेको मन्त्रालयले जनाएको छ । निको हुनेको प्रतिशत ७८.२ रहेको मन्त्रालयले जनाएको छ । यस्तै २४ घण्टामा थप २४ संक्रमितको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ । यस्तै हालसम्म कुल संक्रमितको ०.६ प्रतिशतले ज्यान गुमाएका छन् । हाल देशभर कुल संक्रमित १ लाख ७६ हजार ५ सय र निको हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ जना रहँदा सक्रिय संक्रमित ३७ हजार ५ सय २४ जना रहेका छन् । संक्रमितमध्ये २१.२ प्रतिशत सक्रिय संक्रमित रहेका हुन् ।
उपत्यकामा सक्रिय संक्रमितको संख्या १९ हजार ५ सय ७१ रहेको छ । जसमा काठमाडौंमा १६ हजार २ सय २९, भक्तपुरमा १ हजार र ललितपुरमा २ हजार ३ सय ४२ सक्रिय संक्रमित छन् । संक्रमित मध्ये ३० हजार ९ सय २४ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ । देशका विभिन्न अस्पतालका आइसियुमा ३ सय ४७ जना र भेन्टिलेटरमा ७४ जना संक्रमित उपचारत रहेका छन् ।
हाल सम्म देशभरका क्वारेन्टिनमा २ हजार १ सय १९ जना रहेका छन् । १४ वटा जिल्लामा ५ सय भन्दा बढी संक्रिय संक्रमित रहेका छन् भने मनाङ मुस्ताङ र बाजुरामा कोरोना संक्रमित छैन्न । अहिले सम्म नेपालमा पिसिआर विधिबाट १४ लाख ६९ हजार ८ सय १२ परिक्षण भएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्