धानमा बिचौलियालाई मालामाल, किसानलाई सधैं मार

काठमाडौं । किसानलाई प्रोत्साहन र सुनिश्चित बचतको ग्यारेन्टी गर्न भन्दै सरकारले २०७७ असार २ मा धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको थियो । धान लगाउनु अघि नै पहिलो पटक मोटा धानको प्रतिक्विन्टल २७ सय ३५ र मध्यम धानको २८ सय ८५ रुपैयाँ मूल्य निर्धारण गरेपनि धान बेच्ने समयमा सो मुल्यमा भने किसानले धान बेच्न पाएका छैनन् । आर्थिक वर्ष २०७६/७७ को तुलनामा यो प्रतिक्विन्टल २ सय रुपैयाँ बढी हो । तर किसानले समर्थन मूल्य भन्दा पनि विचौलियाले तोकेको मुल्यमा धान बेच्नु परेको छ ।
सरकारी संयन्त्रको कमजोरीका कारण मुल्य निर्धारण गरेको दरभन्दा प्रति क्विन्टलमै ८ सय रुपैयाँभन्दा कम मुल्यमा धान बेच्न किसान बाध्य भएका छ । किसानले गत भदौ अन्तिमसम्म धानको मूल्य २९ सय रुपैयाँ प्रतिक्विन्टलमा बिक्री गर्दै आएकोमा अहिले १९ सय रुपैयाँमा बेच्नु परेको छ । ग्रामीण भेगमा मिल सञ्चालक तथा गल्ला खरिदकर्ताहरूले मनपरी हिसाबले मूल्य तोकेर धान खरिद गर्दै आएका छन् । उनीहरूले १९ सय ५० देखि २ हजार ५० रुपैयाँसम्ममा धान किनिरहेका छन ।
सरकारले तय गरेको समर्थन मुल्यकै आधारमा जिल्ला प्रशासनबाट समयमा मुल्य निर्धारण नगर्दा आफूहरु मारमा परेको किसानहरुको गुनासो छ । समर्थन मूल्यको फाइदा बिचौलियाले उठाइरहेको किसानहरुको गुनासो छ । किसानले प्रतिक्विन्टल २ हजार १ सयमा बिक्री गरेको धान विचौलियाले प्रतिक्विन्टल न्यूनतम २ हजार ५ सय रुपैयाँमा बिक्री गरिरहेका छन् । गाउँकै काँटामा धानको मुल्यमा मनोमानी दररेट रहेको पाइएको छ । प्रतिक्विन्टल बिक्री गर्दा आउने रकम मल, श्रमिक, सिँचाइमै सकिने किसानहरु बताउँछन् ।
बिचौलिया, काँटावाला र मिलले किसानको धान सस्तोमा खरिद गरेर बढी नाफा लिई बिक्री गर्दै आए पनि नियमन गर्ने निकाय मौन छ । खाद्यले धान खरिद प्रक्रिया ढिलाइ गर्दा गोला र मिलले सस्तो दरमा किनिरहेका छन । खाद्यको पहुँच नभएको क्षेत्रमा बिचौलियाकै मनोमानी चलिरहेको छ । बारा, सिरहा, कैलाली, कञ्चनपुर, बाँकेलगायत क्षेत्रमा सस्तो दरमा धान बिक्री भइरहेको राष्ट्रिय कृषक समूह महासंघले जनाएको छ । सरकारले कार्यविधि बनाउन ढिलाइ गर्दा किसानले धानमा उचित मूल्य पाउन नसकेका हुन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #धानमा बिचौलिया
ताजा खबर
- १सर्बोच्चले उल्टाइदियो पूर्वडीआईजी रञ्जन कोइरालाको फैसला, जन्मकैद कायम
- २सर्बोच्चले लगायो बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक,विकल्प खोज्न आदेश
- ३संसदमा ओलीको प्रश्नै–प्रश्नः सरकारले चुनावमा धाधली गरेकोदेखि पार्टी फुटाएकोसम्म आरोप
- ४७ सय ४९ वटा पालिकाको अन्तिम मत परिणाम आयो, काठमाडौंमा बालेनलाई विजयी घोषणा गर्न बाँकी
- ५५ वर्षअघि विद्यार्थी बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल प्रहरी फन्दामा
तपाईको कमेन्ट लेख्नुहोस्