Techie IT
  • २१ मंसीर २०८१, शुक्रबार
KhojPatrika

दोश्रो तहका नेता अध्यक्षद्धय ओली र प्रचण्डको खटपट मिलाउने दौडमा, फुटको संघारमा नेकपा


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको बिवाद चरम उत्कर्षमा पुगेको छ । बिशेष गरी कर्णाली प्रदेशलाई लिएर तिन कित्तामा स्पष्ट देखिएको नेकपाभित्र निकै ठूलो बिश्वासको संकट पैदा भएको हो । पार्टीका महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलले पार्टी एकता गम्भीर संकटको मोडमा पुगेको स्टाट्स सामाजिक संजालमा राखे पछि त झन् आम कार्यकर्तामा संसय उब्जीएको छ भने प्रधानमन्त्रीले पार्टी फुटको प्रस्ताब राख्नु भएको भन्ने अध्यक्ष पुष्कमल दाहालको भनाईले नेकपा संकटग्रस्थ बनेको छ ।
पटक–पटक फुटवाट जोगिदै आएको सत्तारुढ दल नेकपाभित्रको बिवाद उत्कर्षमा पुगेको छ । ११ दिनपछि मात्रै भेटवार्ता भएका अध्यक्षद्धयको छलफलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष दाहाललाई हामी मिलेर जान सकिदैन । तपाई अलग्गै पार्टी बनाएर जानुस् भन्दै पार्टी पुटको प्रस्ताब अघि सार्नु भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आईतवार मात्रै सचिवालयका ६ जना सदस्यलाई प्रधानमन्त्रीले राखेको पार्टी फुटको ब्रिफिङ्ग सुनाएका दाहालले एक पटक पार्टी बचाउन र एकताबद्ध हुन सवैलाई आह्वान  गरेसँगै कर्णालीको  मन्त्रिपरिषद् पुनगर्ठनको रोकिएको छ ।
यता महासचिव बिष्णु पौडेलले नेकपाको एकतामा खतराका संकेतहरु मडारीन थालेको सामाजिक संजाल मार्फत सार्वजनिक गर्नुले पार्टीभित्र खतराको बादल मडारीरहेको आँकलन गर्न सकिन्छ ।  महासचिव पौडेलले नेतृत्व तहमा उत्पन्न अन्तर विरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्दैन । तसर्थ, आपसी अन्तर विरोधलाई सम्वादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्यलाई पौडेलले अनुरोध गरेका छन् ।
माधव नेपाल निकट मानिने नेकपा नेता युवराज ज्ञवालीले भने पार्टीको स्थायी कमिटि बैठकले गरेको निर्णय तदारुपताकासाथ पालना गर्नु पर्ने र पार्टीभित्रको बिवाद दुई अध्यक्ष बसेर मिलाउने पर्ने बताए । तर नेकपा कुनै पनि हालतमा नफुट्ने उनको तर्क छ । नेकपाभित्र अहिले एकताको औचित्य बिपरीत कार्यहरु हुदै गइरहनुले पार्टी संकटतिर धकेलिएको निष्कर्ष नेताहरुको रहेको छ । भदौ २६ को स्थायी कमिटीको बैठकको निर्णय अनुसार, नेकपामा कुनै पनि काम हुन सकेको छैन । बरु, कात्तिक १५ बाट बोलाइएको केन्द्रीय कमिटी बैठक एक महिना पछाडि सारिएको छ ।
विशेषगरी कर्णालीका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव तयार, मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस, रअका प्रमुखको नेपाल भ्रमण लगायतका केही निर्णयले नेकपाभित्र जटिलता देखिएको छ । त्यसरी नै तेस्रो शक्तिका रुपमा नेकपामा रहेको माधव नेपाल पक्षले कर्णालीका मुख्यमन्त्रीसँग पार्टीको बिधि र पद्धतीभन्दा पनि लेनदेनको सहमती गरेकै कारण नेकपामा संकट श्रृजना भएको नेकपा नेता महेन्द्र बस्नेतले बताए ।
कर्णाली प्रदेशमै देखिएको बिवादका कारण प्रधानमन्त्री एवं पार्टी अध्यक्ष आफुक्षधर नेताहरुलाई राजीनामा नदिन भन्नु र मुख्यमन्त्री शाहीले राजीनामा दिएर बाटो खाली गरी दिनुस् भन्नुको आशयले पनि कर्णालीको नेकपा बिवादले केन्द्रसम्म हलचल मच्चीएको छ । अझ अर्का अध्यक्ष दाहालले केही समय कुर्नु भन्ने निर्देशन दिएसँगै कर्णालीमा आईतवार हुन लागेको मन्त्री फेरबदल भने रोकएिको छ । तर, पार्टी एकीकरणको सन्देश  दिन नपाउँदै पार्टीमा अनिष्टका संकेतहरु देखिन थालेका छन् ।

क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपा, #फुटको संघारमा नेकपा

तपाईको कमेन्ट लेख्नुहोस्