Techie IT
  • २५ मंसीर २०८०, सोमबार
KhojPatrika

भारतीय सेनाध्यक्ष नरवणेको भ्रमणले दिने सन्देश


काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल एम एम नरवणे आगामी कात्तिक १९ देखि नेपाल भ्रमणमा आउँदैछन् । उनी नेपाली सेनाको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपाली सेनाको औपचारिक निमन्त्रणा र कार्यक्रममा आउन लागेका सेनाध्यक्ष नरवणेको भ्रमणप्रति भने बेग्लै चाँसो बढेको छ । उनको भ्रमणप्रति नेपाल र भारत दुवैतिर चर्चा पनि बढ्न थालेको छ । गत साता भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल नेपाल भ्रमणमा आएका थिए । उनले त्यस समय प्रधानमन्त्री केपी शर्मा ओलीदेखि शीर्ष राजनीतिक तहका नेतासँग विशेष भेटघाट गरेका थिए । जुन भ्रमण तथा भेटघाटप्रति नेपालमा निकै चाँसो र चर्चा छ ।

रअप्रमुख गोयल फर्किए लगत्तै नरवणेको भ्रमण तय हुनुलाई नेपालमा धेरैले अन्य प्रश्नबाट समेत हेरेका छन् । तर भारत र नेपालको सिमा विवाद पछी चिसिदै गएको नेपाल भारत सम्बन्धलाई राम्रो बनाउन पनि यो प्रकारको भ्रमण् भएको सुरक्षाविद्हरु बताउछन । नेपाल र भारतको विवाद बढेपछी भारत नेपालप्रती केही सकरात्मक देखिनको लागि यो प्रकारको बार्ता र भेटघाटको बातावरण मिलाईरहेको हुनसक्ने भारतका नेपालका पुर्वराजदुत प्रा डा लोकराज बराल बताउछन । उनका अनुसार रअ प्रमुखको भ्रमण् र सेनाध्यक्षको भ्रमणले नेपाल भारत सम्बन्धमा थप मधुरता थप्नेछन् ।

दुई देशबीच चुलिँदै गएको विवादका बीच हुन लागेको भ्रमणलाई धेरैले अर्थपूर्णं रुपमा हेरेका छन् । यसैपनि सेनाध्यक्ष नरवणे नेपाल–भारत विवादमा चर्चामा आईरहने व्यक्ति भने हुन् । तर नेपाल भारत सम्बन्धमा बढेको दुरी कम गर्नको लागि यो भ्रमण् महत्वपूर्ण हुन सक्ने आकलन गरिएको छ । नरवणेको भ्रमणलाई लिएर नेपालमा मात्र होइन भारतमा पनि अत्यन्तै चासोका साथ हेरिएको छ । भारतीय सञ्चारमाध्यम ‘द प्रिन्ट’का अनुसार भारतीय सेनाध्यक्ष नरवणेले नेपाली समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग १८ सय किलोमिटर लामो सीमाको ब्यवस्थापनका पक्षहरुमा महत्वपूर्ण छलफल गर्नेछन ।

गत वर्षको कात्तिकदेखि बिग्रेको नेपाल भारत सम्वन्धलाई पुनः स्थापित गर्ने लक्ष्यसहित उनले नेपाल भ्रमण गरेको पनि सो सञ्चारमाध्यमले उल्लेख गरेको छ । यो भ्रमण्लाई दुवै देशले महत्वपूर्ण भ्रमणको रुपमा हेरेका छन । कात्तिक २१ गतेसम्म हुने तीन दिने भ्रमणका क्रममा नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगीअड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्षी थापासँग छलफललगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ । नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन्। यस्तै उनले प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #भारतीय सेनाध्यक्ष

तपाईको कमेन्ट लेख्नुहोस्