के सन्देश बोकेर आउलान सेनाध्यक्ष नरभणे नेपाल

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरभणेले नेपाल भ्रमणका बेला नेपाली सेनाको मानार्थ महारथी पदवी ग्रहण मात्रै गर्नेछैनन् । नरभणेले अन्य विभिन्न कार्यक्रममा पनि सहभागि र सम्बोधन गर्नेछन् । उनको भ्रमणले दुई देशबीचको सम्बन्ध सुधारमा मद्धत पुग्ने विश्वास पनि गरिएको छ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभणेले तिन दिने नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली सेनाका प्रधान सेनापती पूर्णचन्द्र थापा, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भईसकेको छ । गुप्तचर एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीले छलफल गरी फर्केको दुई सातापछि हुन लागेको यो भ्रमण निकै फलदायी हुने बताइएको छ ।
भारतीय सेनाध्यक्षले शिवपुरीस्थित नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा नेपाली सेनासहित अन्य केही मुलुकका सेनाका अधिकारीहरुलाई सम्बोधन गर्नेछन् । यसअघि ०७३ माघमा नाकाबन्दी हटाउन प्रधानमन्त्री ओलीले सैन्य कूटनीति प्रयोग गरेजस्तै यसपटक पनि ओलीले आफ्नो रुची अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रयास र निमन्त्रणामा भारतीय सेनाध्यक्ष नेपाल आउन लागेका हुन् । नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले भारतीय सेनाध्यक्षको भ्रमण नियमित र पारम्परिक भएको प्रतिक्रिया दिएका छन् । नेपाली सेना र भारतीय सेनाबीचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
नरभाणेले अन्तर्राष्ट्रिय, क्षेत्रीय र नेपाल–भारत द्विपक्षीय सुरक्षा वातावरणबारे भारतको पछिल्लो धारणा राख्नेछन् । नेपाल आएकै दिन सेनाध्यक्ष नरभणेले भगवान् पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुराको स्वामित्व विवादका कारण एक वर्षदेखि राजनीतिक र कूटनीतिक संवादमा गतिरोध छ । गतिरोधबीच रअका प्रमुखको भ्रमण ५ र ६ कात्तिकमा भएको थियो ।
अघिल्लो वर्ष सुरुमा भारतले र त्यसपछि नेपालले कालापानी, लिपुलेक र लिम्पियाधाराको क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि दुवै देशबीच कूटनीतिक र राजनीतिक तहमा द्विपक्षीय वार्ता ठप्प छ । यसबीचमा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अगस्ट १५ मा टेलिफोन संवाद भए पनि त्यो औपचारिकतामा सीमित थियो । एक वर्षदेखि दुई देशबीच विदेशसचिवस्तरीय वार्ताका लागि नेपालले प्रयास गरे पनि सफल हुन सकेको छैन । औपचारिक कूटनीतिक संवाद ठप्प रहेका वेला भारतीय सेनाध्यक्षको भ्रमणलाई महत्वसाथ हेरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्