कोरोना कहरमा ३२ देशबाट स्वदेश फर्किए १ लाख २३ हजार ४१२ नेपाली
काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि भन्दै सरकारले गत चैतमा अन्तर्राष्ट्रिय सीमानाकासँगै हवाइ उडानमा रोक लगाएको समयमा भएको चार्टर उडान र त्यसपछिको नियमित उडानबाट नेपालीहरु स्वदेश फर्किरहेका छन् ।
चैत ११ देखि आन्तरिक एवं बाह्यतर्फको नियमित हवाई उडान स्थगित गरेको करीब ५ महिना पछि अर्थात भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन भइरहेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीका अनुसार मंगलबारसम्म १ लाख २३ हजार ४ सय १२ नेपाली स्वदेश फर्किएका छन् । स्वदेश फर्किनेमा वैदेशिक रोजगारीको सिलसिलामा खाडी तथा मलेसिया पुगेका नेपालीहरुको संख्या सबैभन्दा बढी छ ।
कुन देशबाट कति नेपाली फर्किए
हालसम्म ३२ देशबाट नेपाली फर्किएको तथ्यांक छ । जोर्डनबाट ५७७, साइप्रसबाट ६४, इराकबाट ३९ र भारतबाट ८५ नेपाली हवाइ उडानमार्फत स्वदेश फर्किएका छन् । अफगानिस्तानबाट ५०, अस्ट्रेलियाबाट १ हजार १००, ओमानबाट २१ सय २६, कतारबाट २३ हजार ३, म्यानमारबाट २६, कुवेतबाट ९ हजार ९२३ र जापानबाट ३ हजार ५४१, थाइल्याण्डबाट ४७७, दक्षिण कोरियाबाट १ हजार ८११, बंगलादेशबाट ९३०, मलेसियाबाट १७ हजथार ९२४ नेपाली स्वदेश फर्किदा माल्दिभ्सबाट १ हजार २६ नेपाली स्वदेश फर्किएका छन् ।
यस्तै, श्रीलंकाबाट ६, युएईबाट ३५ हजार ६९५, साउदी अरेबियाबाट १७ हजार ३२२, सिंगापुरबाट ८५६, हङकङबाट ५ सय ४६, पाकिस्तानबाट १ सय ११, बहराइनबाट १ हजार ३ सय ३९, अमेरिकाबाट ४ सय ३७, बेलायतबाट २ सय २९ र इजरायलबाट १२७ नेपाली स्वदेश फर्किएका छन् । यसैगरी चीनबाट ५ सय ४०, फिलिपिन्सबाट २ सय १, स्वीट्जरल्याण्डबाट १० र दक्षिण सुडानबाट २ सय ५० नेपाली स्वदेश कोरोना महामारिका बिच स्वदेश फर्किएका छन् । भारतमा कार्यरत ठूलो संख्याका नेपाली स्थलमार्गबाट समेत नेपाल प्रवेश गरेका छन् । सीमानाकाबाट ठूलो संख्याका नेपाली अव्यवस्थित रुपमा नेपाल प्रवेश गर्दा कोरोना संक्रमण समेत देशमा ह्वात्तै बढेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #अन्तर्राष्ट्रिय सीमानाका, #कोरोना महामारी
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्