कोरोना त्रासको दशैं,सबैको मनमा भय
काठमाडौं । दशैँं नेपाली समाजको सद्भाव समृद्ध बनाउने पर्व हो । आपसी भेटघाट र सुख दुःख बाड्ने चाड हो । आफ्नो घरमा पाकेका परिकार प्रसादका रुपमा अरुलाई बाँडेर खाने सुखद् घडी हो । वर्षभरी एक अर्कामा भएको तिक्तता मेटाउन पनि दशैँले महत्वपूर्ण भूमिका खेल्दछ । तर यस बर्ष भने विश्वभर फैलिएको कोरोना महामारिका कारण धेरैले आपसी भेटघाट र सुखदुख बाड्न पाएका छैनन । नेपालमा मनाइने धेरै पर्वहरुमध्ये दशैँलाई सबैभन्दा ठूलो पर्व मानिन्छ ।
१५ दिनसम्म मनाइने यो पर्वका लागि सरकारले ५ दिन सार्वजनिक विदा दिने गर्दछ । यति धेरै दिन अरु कुनै पनि पर्वका लागि विदा दिइदैन । यसअर्थमा पनि दशैँको महत्व विशेष छ । छरछिमकी, साथीभाइसँग वर्षभरी विभिन्न कारण मनमुटाव र विवाद भए पनि दशैँमा हुने जमघटले त्यसलाई मथ्थर पार्दछ । जन्मघर छोडेर विभिन्न स्थानमा शिक्षा तथा रोजगारीका क्रममा पुगेकाहरु समेत वर्षमा केही दिनका लागि भएपनि दशैँका लागि भनेर घर जाने गर्दछन् । तर यो बर्ष कोरोना भाईरसका कारण विदेशीएका दाजुभाइ दिदीबहिनीहरु दशैँका लागि घर फर्किन पाएनन । धेरैभन्दा धेरै मानिसबीच भेटघाट हुने पर्व भएकाले दशैलाई सामाजिक महत्व बोकेको पर्वको रुपमा समेत चित्रण गरिन्छ ।
भेटघाट र आपसी भलाकुसारी त छदैँ छ, दशैमा आफ्ना नाता कुटुम्ब, मान्यजनहरुबाट टिका तथा जमरा लगाई आशिर्बाद ग्रहण पनि गरिन्छ । आफ्नो क्षमता अनुसार मिठो खाना खुवाउने, राम्रो लाउने, घर आँगन, बाटो घाटो, गाऊ टोल सफा सुघ्घर राख्ने गरिन्छ । यी सब गतिविधिले समाज र परिवारलाई एकतावद्ध बनाउन भूमिका खेल्दछ ।
दशैँं सम्पूर्ण नेपालीहरुलाई खुशी बनाउने पर्व हो । यद्यपी यही दशैँका बेला हुने केही गतिविधिलाई विकृतिको रुपमा चित्रण गर्न पनि सकिन्छ । जुवा तास खेल्ने, मदिरापान गर्ने जस्ता क्रियाकलापले भने समाजमा झैझगडा निम्त्याउने गरेका छन् । त्यसैले नराम्रा पक्षलाई छोडेर सकारात्मक पक्षलाई अंगाल्दै पर्व मनाऔँ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #दशैं
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्