बढ्दै छ नेपालमा कोरोना जित्नेको संख्या

काठमाडौं । नेपालमा एकतिर कोरोना संक्रमितको संख्या जति बढ्दै गएको छ त्यति नै निको हुनेको संख्या पनि उल्लेखनीय छ । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख नाघेको छ । नेपालमा कोरोनाबाट निको हुने बढी युवा पुस्ताका रहेका छन् । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनप्रति दिन वृद्धि भइरहेको छ । कोरोना संक्रमितसंगसंगै संक्रमण मुक्त हुने दर पनि वृद्धि भइरहेको छ । हालसम्म १ लाख २ हजार आठ सय २० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।
कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ । जब कि नेपालमा ६९ . ५ प्रतिशत निको भएर घर फर्किइसकेका छन्। नेपालमा मात्र नभएर विश्नमा नै कोरोना संक्रमणमा पर्ने महिला भन्दा पुरुष बढी रहेका छन् । संक्रमणमुक्त हुनेको संख्या ६९ दशमलव ५ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ । नेपालमा निको हुनेमा युवा पुस्ता रहेका छन् ।
विशेष गरी २१ वर्षभन्दा माथि ३५,४० वर्षसमूहका रहेका छन् । संक्रमित मध्ये ८५ ५ लाई आफै निको हुने र १५ ५ मा गम्भीर लक्षण देखिने, ३ दशमलब ५ को मृत्यु हुने विश्वव्यापी तथ्यांक तथा दावी नेपालमा लागु भएको छैन । युवाहरुले रोजगार लगायत विभिन्न अन्य कामहरुमा बढी अरु उमेर समूहभन्दा सक्रिय हुने गरेका छन् । तथ्याङकले पनि युवा उमेर समूहका व्यक्तिमा रोगसँग जुध्ने क्षमता बढी भएकाले उनीहरुलाई निको हुने संकेत बढी नै भएको देखाएको छ ।वृद्धवृद्धा तथा बालबालिका, दीर्घ रोगीहरुलाई छिटो सर्ने तथा निको हुन समय लाग्ने हुनाले सुरक्षित हुनुपर्ने देखाउँदै आएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना जित्नेको संख्या
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्