एकैदिन ३ हजार ६३७ जनामा कोरोना संक्रमण,कोरोना जित्नेको संख्या एक लाख नाघ्दा ८१२ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ४८ हजार ५ सय ९ पुगेको छ।
काठमाडौं उपत्यकामा मात्र बिहीबार १ हजार ५ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १ हजार २ सय ८३, ललितपुरमा १ सय ५७ र भक्तपुरमा ११२ गरेर उपत्यकामा १५ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ।
अहिले संस्थागत आइसोलेशनमा १३ हजार ३ सय ३९ जना रहेका छन् भने होम आइसोलेशनमा ३१ हजार ५ सय ३८ जना छन्। यस्तै क्वारेन्टाइनमा तीन हजार ७ सय ५१जना छन्। बिहीबार ३२ सय १५ जनाले कोरोना जितेर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख दुई हजार ८ सय २० पुगेको छ। २४ घण्टामा २१ जनाको कोरोनाकै कारण मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या नेपालमा ८ सय १२ पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना भाइरस
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्