काठमाडौंबाट सुर्खेत फर्किएको नेकपा विवाद झनै बल्झिदैं
काठमाडौं । संघीय राजधानीमा एक साता लामो गृहकार्य र छलफल गर्दा पनि सहमति नजुटेपछि नेकपा कर्णाली प्रदेश विवाद फेरि प्रदेश राजधानी सुर्खेतमै फर्केको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नियुक्त गरेकी प्रमुख सचेतक सिता कुमारी नेपालीले शुक्रबार संसदीय दलको बैठक बोलाउँदा अविश्वासको प्रस्ताव गर्दा गर्ने पक्षले भने बहिष्कार गर्ने जनाएको छ । जसले नेकपा कर्णाली प्रदेशको विवाद झनै उत्कर्षमा पुग्ने देखिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका बिरुद्ध नेकपा संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएपछि कर्णाली प्रदेशको विवाद समाधानका लागि नेताहरु काठमाडौं आइपुगे ।
कर्णाली प्रदेशमा हुने गतिबिधि यथास्थितिमा राख्दै अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले नेताहरुलाई काठमाडौंमा बोलाएर एकसाता रणभुल्ल पारे । तर, अध्यक्षद्धय ओली र दाहालकै बीचमा सहमति नजुट्दा नेताहरु पुरानै विवाद लिएर सुर्खेत फर्किएका मात्रै छैनन् काठमाडौं आउनुअघि थाति राखेको छलफलको बिषय समेत अघि बढाएका छन् । अविश्वासको प्रस्तावपछि प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर नियुक्त गरेकी सीता कुमारी नेपालीले शुक्रबार नेकपा संसदीय दलको बैठक समेत बोलाएकी छन् । उनले नेकपाका सबै सांसदलाई सुचना पठाइएको जानकारी दिदै शुक्रबार ११ बजे बैठक बस्ने दाबी गरिन ।
प्रमुख सचेतक नेपालीले सबै सांसदको बैठकमा उपस्थित रहने दाबी गरेपनि अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि प्रमुख सचेतक रहेका गुलाबजंग शाहले भने प्रमुख सचेतक नेपालीको बैधानिकतामै प्रश्न उठाएका छन् । अध्यक्ष दाहालको सचिवालयले कुनै सहमति नभएको दाबी गर्दै बिज्ञप्ती जारी गर्दा अध्यक्षद्धय ओली र दाहालबीच बालुवाटारमा ४ बुँदे सहमति भएको दाबी गर्दै नेता शाहले शुक्रबार बोलाइएको बैठकमा आफूहरु नजाने समेत जानकारी दिए । अविश्वासको प्रस्ताव असफल बनाउन भएको समझदारी कार्यान्वयन गर्ने अध्यक्ष दाहाल र बरिष्ठ नेता माधव नेपालको सहमति अनुसार नै बैठक बोलाइएको हो ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेपालपक्षीय ७ जना सांसदहरुले मुख्यमन्त्री शाहीलाई सहयोग गर्ने आश्वासन दिइसकेका छन् । उनीहरुको मागलाई सम्बोधन गर्न मुख्यमन्त्री शाही मन्त्रीमण्डल समेत पुर्नगठन गर्ने तयारीमा छन् । शुक्रबार बोलाइएको संसदीय दलको बैठकमा अविश्वासको प्रस्ताव बहुमतले अस्विकृत गराउने तयारीमा मुख्यमन्त्री शाही लागेपछि अविश्वासको प्रस्ताव दर्ता गराउने नेता यमलाल कँडेल सहित ११ जना सांसदले बैठक नै बहिष्कार गर्ने रणनिति बनाएका हुन् । जसले नेकपा कर्णाली प्रदेशमा झनै भाँडभैलो हुने देखिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #अध्यक्षद्धय ओली र दाहाल, #प्रदेशको विवाद
ताजा खबर
- १३ करोड ७४ लाख धरौटी बुझाएर रिहा भएका रविलाई घण्टीघरमा बाजागाजासहित स्वागत
- २काठमाडौं १ मा पशुपतिशमशेर राणालाई सिफारिस, रविन्द्र मिश्रले अफवाह फैलाएको आरोप
- ३शर्मिला तिमल्सिनाको रहर जिन्दगीको गजल संग्रह बजारमा
- ४पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- ५एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो



तपाईको कमेन्ट लेख्नुहोस्