छैन् दशैंको रौनक,चहलपहल समेत न्युन
काठमाडौं । बिगतका बर्षहरुमा दशैको आगमनसंगै काठमाडौका सडक गल्लीदेखि लिएर चोक–चोकमै चहल पहल सुरु हुने गर्थ्यो । आफुलाई मन पर्ने सामान खरिद गर्न भ्याइनभ्याई हुन्थ्यो । कपडा, खाद्यान्न, जुत्ताचप्पल, सुनचाँदी, भाँडाकुँडा, इलेक्ट्रोनिक्स लगायतका पसलमा ग्राहकको बाक्लो उपस्थिति देखिन्थ्यो । तर, यसपटकको दशैमा भने बजार सुन्य रहेको छ । दशैको आगमन संगै नयाँ लुगा किन्ने, मिठोमिठो खाने, अफन्त भेट्ने, चंगा उडाउने, रमाईलो गर्ने सबैको मनमा यस्तै योजना बन्ने गर्थे । समय मिलाएर किनमेल गर्नेहरुको बजारमा भिड देखिन्थ्यो । तर, यस पटक भने यस्ता गतिबिधी सुन्य छन् ।
न त मानिसको चहलपहलनै देख्न सकिन्छ न त व्यपार व्यावसाय नै । दशै भन्ने बितिकै चंगा च्येट महत्वपुर्ण मानिन्छ । बालक देखि बृद्धा सम्मले चंगा किनेर उडाउदै रमाइलो गर्ने गथ्ये । जस्को कारण यो समयमा चंगा व्यापारिलाई चंगा र लटै बनाउन र बेच्न नै भ्याइनभ्याई हुन्थ्यो तर यसपटक कोरोनाका कारण व्यापार ब्यवसाय नै ठप्प भएपछि व्यापारी नै समस्यामा परेका छन् । काठमाडौंका मुख्य बजार भृकुटीमण्डप, सुन्धारा, भोटाहिटी, असन, मखन, हनुमानढोका, बसपार्क, लगनखेल, चावेल, कोटेश्वर लगायतका बजारमा ग्राहकको उपस्थिती निकै कम छ । यी क्षेत्रका अधिकांश व्यपारिहरु बिहान देखी बेलुका सम्म नै ग्राहकको पर्खाइमा यसरी कुरेर बसिरहेका छन् ।
सामान बेच्नुभन्दा पनि ग्राहक कुरेरै उनिहरुको दिनचर्या बित्न थालेको छ । यता बिगत १२ बर्ष देखि जुत्ताचप्पल पसल गर्दै आएकी रामेछापकी सुनिता राई दशैको समयमा पनि बोहनिनै नभएको बताउछिन् । बिगतमा यो समयमा ४० देखी ५० हजारको हाराहारीमा दैनिक कमाई हुने तर यसयटक भने ग्राहक नै नआएको कारण पसलको भाडा तिर्न नै समस्या भएको सुनिताको भनाई छ ।
कपडा,जुत्ता चप्पल, सुनचाँदी मात्र हैन भाँडाकुँडाको व्यापार पनि सुन्य छ । काठमाडौका सनम थापाले बिगत लोमो सामय देखि असनमा भाँडाकुँडाको व्यपार गर्दै आएका छन् । बडा दशै सुरु भएसंगै बिगतमा उनको पसरलमा टिका बनाउन प्रयोग गर्ने थाली, पुजा थाली, तामाका भाडा, घण्टी, मुर्ती लगायतका सामाग्री किन्नेको भिड नै लाग्ने गथ्यो । तर, अहिले उनको पसलमा पनि ग्राहक सुन्य छन् । गएको दशैमा यो समयमा लाखौको व्यापार गर्ने व्यापारिहरु यो पटक २० प्रतिशत व्यापार हुन पनि हम्मेहम्मे परेको छ । कोरोनाकै कारण मानिसहरु भिडभाडमा नजाने भएकाले पनि बजार प्राय सुनसान नै रहेका छन् ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #चोकमै चहल पहल सुरु
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्