अहिलेसम्मकै उच्च संक्रमण र मृत्यु, एकैदिन ५ हजार ७४३ जना संक्रमित हुँदा २६ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । यो अहिलेसम्मकै उच्च संक्रमण हो ।
नेपालमा हालसम्म संक्रमितको संख्या एक लाख ४४ हजार ८ सय ७२ पुगेको छ । हाल संस्थागत आइसोलेशनमा १४ हजार ६ सय ७६ र होम आइसोलेशनमा २९ हजार ८ सय जना रहेका छन् । २४ घण्टामा २० हजार १ सय १८ जनाको पीसीआर परीक्षण भएको थियो । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९६ संक्रमित निको भएसँगै निको हुनेको कुल संख्या ९९ हजार ६ सय ५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट २६ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना भाइरस संक्रमणबाट एकै दिन मृत्यु भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै हो। योसहित देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #अहिलेसम्मकै उच्च संक्रमण, #कोरोनाभाइरस संक्रमण
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्