थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि,२ हजार १ सय ८ जना संक्रमण मुक्त
काठमाडौं । मगंलबार देशभर ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ७ सय १४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । उनीहरु मध्य काठमाडौ उपत्यकामा मात्र १ हजार ७ सय २ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १ हजार ४ सय ३१, भक्तपुरमा १ सय ४८ र ललितपुरमा १ हजार २३ जनालाई कोरोना पोजेटिभ देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या यो सँगै संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ । यसैबीच २४ घण्टामा २ हजार १ सय ८ जना कोरोनामुक्त भएका छन् । कोरोना संक्रमण पश्चात निको हुनेको कुल संख्यो ९६ हजार ६ सय ९ जना निको भएका छन् । संक्रमण पश्चात निको हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ५१ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ । जसमध्ये आइसियुमा २ सय ७३ र भेन्टिलेटरमा ७८ जना संक्रमित उपचाररत छन् । सक्रिय संक्रमितहरुको संख्या ४१ हजार ७ हजार ७५ पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसमा रहेका व्यक्तिहरुको संख्या १३ हजार ५ सय ५९ र होम आइसोलेसनमा रहनेहरुको संख्या २८ हजार १ सय ९६ जना रहेका छन् । नेपालमा आज १३ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ । मगंलबार सम्म १३ लाख १४ हजार ७ सय ७९ जनाको परीक्षण भएको छ । हालसम्म क्वारेन्टाइनमासंख्या ४ हजार २ सय २० जना रहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण पुष्टि
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्