Techie IT
  • ३ फागुन २०८१, शनिबार
KhojPatrika

थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि,२ हजार १ सय ८ जना संक्रमण मुक्त


काठमाडौं । मगंलबार देशभर ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ७ सय १४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । उनीहरु मध्य काठमाडौ उपत्यकामा मात्र १ हजार ७ सय २ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १ हजार ४ सय ३१, भक्तपुरमा १ सय ४८ र ललितपुरमा १ हजार २३ जनालाई कोरोना पोजेटिभ देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या यो सँगै संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ । यसैबीच २४ घण्टामा २ हजार १ सय ८ जना कोरोनामुक्त भएका छन् । कोरोना संक्रमण पश्चात निको हुनेको कुल संख्यो ९६ हजार ६ सय ९ जना निको भएका छन् । संक्रमण पश्चात निको हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ५१ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ । जसमध्ये आइसियुमा २ सय ७३ र भेन्टिलेटरमा ७८ जना संक्रमित उपचाररत छन् । सक्रिय संक्रमितहरुको संख्या ४१ हजार ७ हजार ७५ पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसमा रहेका व्यक्तिहरुको संख्या १३ हजार ५ सय ५९ र होम आइसोलेसनमा रहनेहरुको संख्या २८ हजार १ सय ९६ जना रहेका छन् । नेपालमा आज १३ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ । मगंलबार सम्म १३ लाख १४ हजार ७ सय ७९ जनाको परीक्षण भएको छ । हालसम्म क्वारेन्टाइनमासंख्या ४ हजार २ सय २० जना रहेका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण पुष्टि

तपाईको कमेन्ट लेख्नुहोस्