एकैदिन थपिए २ हजार ९४२ कोरोना संक्रमित,सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९ सय ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । यस्तै हाल देशभर संस्थागत आइसोलेशन १२ हजार ९ सय ३३ जना र होम आइसोलेशन २६ हजार ४ सय ८ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा पीसीआर १४ हजार ८ सय ७५ जनाको भएको छ भने काठमाडौँमा १ हजार ४ सय ६९, ललितपुरमा १ सय ३० र भक्तपुरमा ९९ जना गरी उपत्यकामा कुल १ हजार ६ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३ सय २६ जना निको भएसँगै हालसम्म कुल निको हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ । यस्तै थप १२ जनाको मृत्यु भएपछि कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ७ सय ३९ पुगेको छ।
पछिल्लो २४ घण्टामा २ हजार ३२६ जना निको भएसँगै हालसम्म कुल निको हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ । हालसम्म १२ लाख ८३ हजार ३ सय ५४ जनाको पीसीआर हुँदा कुल संक्रमित १ लाख ३२ हजार २ सय ४६ पुगेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोनाभाइरस संक्रमण पुष्टि
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्