एकैदिन थपिए २ हजार ९४२ कोरोना संक्रमित,सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९ सय ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । यस्तै हाल देशभर संस्थागत आइसोलेशन १२ हजार ९ सय ३३ जना र होम आइसोलेशन २६ हजार ४ सय ८ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा पीसीआर १४ हजार ८ सय ७५ जनाको भएको छ भने काठमाडौँमा १ हजार ४ सय ६९, ललितपुरमा १ सय ३० र भक्तपुरमा ९९ जना गरी उपत्यकामा कुल १ हजार ६ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३ सय २६ जना निको भएसँगै हालसम्म कुल निको हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ । यस्तै थप १२ जनाको मृत्यु भएपछि कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ७ सय ३९ पुगेको छ।
पछिल्लो २४ घण्टामा २ हजार ३२६ जना निको भएसँगै हालसम्म कुल निको हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ । हालसम्म १२ लाख ८३ हजार ३ सय ५४ जनाको पीसीआर हुँदा कुल संक्रमित १ लाख ३२ हजार २ सय ४६ पुगेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोनाभाइरस संक्रमण पुष्टि
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्