वीरगञ्जमा प्रहरीले फेला पर्यो २३ किलो सुन
काठमाडौं । प्रहरीले पर्साको वीरगञ्जबाट २३ किलो बढी सुन बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मारेर १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान ९८ केजी ५७६ ग्राम० र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद भएको छ । ६८१ ग्राम बराबरका सुनका गरगहना पनि बरामद भएको छ । प्रहरीले निलो प्लास्टिकमा पोको पारिएको अवस्थामा २३ किलोभन्दा बढी सुन बरामद भएको जनाएको छ ।
केही दिनदेखि निगरानी गरिरहेको प्रहरीले ठूलो परिणाममा सुन बरामद गरेको स्थानबाट २ केजी २६२ ग्राम बराबरका चाँदीका गरगहना तथा भाडाकुँडा समेत बरामद गरेको छ । सुनका मालिक आउने सूचनाका आधारमा प्रहरी राति अपार्टमेन्टमै बसेको थियो । तर, नआएपछि स्थानीय भद्रभलाद्मीको रोहबरमा अपार्टमेन्टको फ्लाट नम्बर ३०३ खेलेर खानतलासी गर्दा सुन र चाँदी बरामद भएको थियो ।
प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले विशेष सूचनामा आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारेको जानकारी दिए । सो अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए । प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्