बलात्कार र यौन हिंसा बिरुद्ध गुल्मीमा युवतीहरुले गरे कालो लुगामा आन्दोलन
काठमाडौं । केही समययता देशका विभिन्न ठाउँमा बलात्कार तथा यौन हिंसाका घटनाहरु बढेसँगै पीडित महिलाहरुको न्यायका लागि भन्दै युवायुवती, महिला अधिकारकर्मी लगायतले प्रदर्शन गर्दै आएका छन् । अझ, पछिल्लो समय नाबालिकाहरुलाई बलात्कार गरेका घटनाहरु बहिर आएसँगै आक्रोश र बिरोध बढेको छ । गुल्मी सदरमुकाम तम्घासको सडकमा कालो पोशाक लगाएर किशोरीले बलात्कार बिरुद्धको अभियान शुरु गरेका छन् ।

देशभर बालिका तथा किशोरी बलात्कारका घटनाहरु बढेपछि सामाजिक सञ्जालमा पनि कालो रङ्गको प्रोफाइल राखेर विरोध चलिरहेको बेला तम्घासको सडकमा प्लेकार्ड सहित युवतीहरु बिरोधमा उत्रिएका हुन् । ‘जो बोल्दैन उ बलात्कारी,जो सुन्दैन उ बलात्कारी , तिमी बलात्कारी’ अर्थात् बलात्कार विरुद्ध नबोल्ने ,नसुन्ने र आवाज नउठाउने पनि बलात्कारी हो भन्दै उनीहरुले बलात्कार विरुद्ध आवाज उठाउन विरोध प्रदर्शन गरिएको रचना पाण्डेले बताइन् ।

बिहिबार समग्र देशमा नै अत्यन्तै जल्दो बल्दो तड्कारो समस्याको रूपमा देखिएको तर न्याय नपाएको यौनजन्य हिंसा र बालिका बलात्कार पछि हत्या गर्ने अपराधी लाई सरकारले संरक्षण गरेको महसुस गर्दै गुल्मीका किशोर किशोरीहरु न्यायका लागि सडकमा उत्रिएका हुन । सरकार बलात्कार जन्य अपराध रोक , र अपराधी लाई कार्बाही गर , भन्दै तम्घास को बजार परिक्रमा पछि सिडियो गेट अगाडि बसेर मन्तव्य सहित प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएका छन । यसको सुनुवाइ नभएमा सिहदरबार घेर्न बाध्य हुने उनीहरुले चेतावनी समेत दिएका छन ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #आक्रोश र बिरोध, #बलात्कार तथा यौन हिंसा
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्