नेपालमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना पुष्टि, ३५ सय ८४ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५ सय ९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौ उपत्यकामा मात्रै १ हजार ९ सय ३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १ हजार ६ सय ९२, ललितपुरमा १ सय ८ र भक्तपुरमा १ सय ३४ सहित देशभर ३ हजार ७ सय भन्दा धेरै संक्रमित थपिएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ९४ जना पुगेको छ ।
विहिबार ३ हजार ५ सय ६४ जना निको भएका छन् । योसंगै निको हुनको संख्या ८४ हजार ५ सय १८ पुगेको छ । देशमा कुल संक्रमितमध्ये ६९ दशमलव ४ प्रतिशत निको भएका हुन् । कोरोना संक्रमितको संख्या दैनिक बढेदै गएको बताउदै स्वास्थ्य मन्त्रालयले सभा सम्मेलन तथा भेला नगर्न नगराउन सबैलाई आग्रह गरेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३ सय ४९ र १ सय ९४ जना होमआइसोलेसन रहेका छन् ।
त्यस्तै, आइसीयुमा ३ सय १४ जना र भेन्टिलेटरमा ६८ जना संक्रमित उपचाररत रहेकाछन ्। यस्तै, पछिल्लो २४ घण्टामा पीसीरआर १६ हजार ५ सय ९८ जनाको भएको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १२ लाख ३७ हजार ६ सय ३६ परिक्षणहरु गरिएका छन् । देशभरका क्वारेन्टाइनमा ४ हजार ८ सय २५ रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण पुष्टि
ताजा खबर
- १डा.बाबुराम भट्टराईले किन दिए कुकुरले घाँस खाने अभिब्यक्ती ?
- २गगन थापाको प्रस्तावः निजामती सेवाको खुलातर्फ भित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरौँ
- ३निजामती कर्मचारी संगठनको महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्यो, रेवन्त गौतम र भवानी दाहाल प्रतिष्पर्धामा
- ४ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
- ५मःम पसलको ग्यास विस्फोट घटनाः अर्का एक जना घाइतेको पनि मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्