नेकपा कर्णालीका नेताहरु काठमाडौंमा,अध्यक्षद्धय ओली र दाहालसहित नेताहरुसंग छलफल हुँदैं
काठमाडौं । आन्तरिक विवादपछि काठमाडौं आएका नेकपा कर्णाली प्रदेशका नेताहरुले आज पार्टीका शीर्ष नेताहरुसंग छलफल गर्दैछन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव यथावत राखेर उनीहरु छलफलका लागि काठमाडौँ आएका थिए ।
प्रधानमन्त्री ओलीले बुधबार नियुक्त गरेका तीन मन्त्रीको शपथ ग्रहणलगत्तै उनीहरु छलफलमा जुट्ने तयारी छ । मुख्यमन्त्रीसमेत रहेका नेकपा कर्णाली संसदीय दलका नेता महेन्द्रबहादुर शाहीबिरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता गर्ने १८ जनामध्ये मुख्य नेताहरु अध्यक्ष ओली र दाहालसँग छलफलका लागि काठमाडौँ आएका हुन् ।
मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएपनि अन्तिम घडीमा प्रचण्ड र नेपाल पक्ष मिलेपछि मुख्यमन्त्रीको पद जोगिएको थियो । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकार मात्रै नभई पार्टीकोसमेत बदनाम हुनेगरी काम गरेको भन्दै उनको बिकल्पका लागि अविश्वासको प्रस्ताव दर्ता गरेको दाबी नेताहरुले गर्दै आएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपा कर्णाली प्रदेश, #प्रधानमन्त्री ओली, #मुख्यमन्त्री
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्