बुढीगण्डकी जलबिद्युतमा ९ अर्वको बाबुरामको आरोप,ओली प्रचण्ड र देउवाको पुष्टि गर्न चुनौति
काठमाडौं । बुढीगण्डकी जलबिद्युुत आयोजनामा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लगाएको आरोपको बिषयमा अहिले राजनीतिक दलसँग दोहोरी चलिरहेको छ । उनले आरोप लगाएपछी कांग्रेसले प्रमाणित गर्न चुनौती दिएको थियो । बुधबार सत्तारुढ दल नेकपाले पनि भट्टराईले लगाएको आरोप आधारहीन र झुटो भएको भन्दै विज्ञप्ति निकालेको छ । बहालवाला प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका नेता डा.बाबुराम भट्टराईले आरोप लगाए । उनको आरोपको बिषयमा विभिन्न टिकाटिप्पणी पनि भए । सामाजिक सन्जालमा पनि सर्वसाधारणहरुले भट्टराईलाई साथ दिदै उक्त बिषयमा अगाडि बढ्नुपर्ने सुझाव दिए ।
प्रधानमन्त्री बनिसकेका भट्टराईले त्यत्तिकै पक्कै पनि बोलेनन भनेर उनकै पक्षमा धेरै देखिएपनी उनी भने पछी कुरा मिलाउने बहानामा लागिपरेका छन । उनले आरोप लगाएपछी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विज्ञप्ती नै जारी गरेर उनलाई त्यो आरोप पुषटी गर्न चुनौती दिएको छ । नेपाली कांग्रेसले बूढीगण्डकी जलविद्युत् आयोजनामा सभापति शेरबहादुर देउवालाई जोडेर दिएको अभिव्यक्ति पुष्टि गर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई चुनौती दिएको हो । नेता भट्टराईले गोरखाको पालुङ्टार नगरपालिका–६ पौवाटारमा आयोजित राजनीतिक कार्यक्रममा बोल्दै तीन प्रधानमन्त्रीले अर्बौंको भ्रष्टाचार गरेको प्रमाण पेश गर्न आफू तयार रहेको बताएका थिए ।
कांग्रेसले विज्ञप्ती नै जारी गरेर उनलाई प्रमाणइत गर्न चुनौती दिएपछी भने उनले एकाएक कुरा बादःल्न थालेका छन । डा. बाबुरामको अभिव्यक्तिमा कांग्रेसको गम्भीर ध्यानाकर्षण । प्रमाणको दाबा पुष्टि गर्न चुनौति सहित गहिरो अनुसन्धान गर्न सञ्चार माध्यम र अख्तियारलाई अपील । भनेर कांग्रेसले विज्ञप्ति जारी गरेपछी नेता भट्टराईले ट्विट गर्दै भनेका छन् । ‘मेरो प्रधानमन्त्रीकालमा नेपाल आफैंले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना पछिल्ला सरकारले कमिसन खोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष छानविनको माग गर्दछु। त्यसलाई सहयोग गर्न प्रतिवद्ध छु,’ ।
कांग्रेसले अख्तियारको ढोका ढकधकाउन भनेपछी नेता भट्टराईले उच्चस्तरीय छनविनको माग गरेका हुन । उता सत्तारुढ दल नेकपाले पनि बुधवार एक विज्ञपती जारी गर्दै बुढीगण्डकी जलविद्युत आयोजनामा घुस लिएको भनी डा. बाबुराम भट्टराईले लगाएको आरोप आधारहीन र झुटो भएको बताएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार प्रेस वक्तव्य जारी गरी भट्टराईको अभिव्यक्ति आधारहीन, झुठ, गलत, कपोलकल्पित एवं दूरासयपूर्ण रहेको भन्दै पूर्ण रुपमा खारेज र भत्र्सना गरेको बताएका छन् । उनले त्यससम्बन्धी कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौती दिएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #डा. बाबुराम भट्टराई, #प्रधानमन्त्री केपी ओली, #शेरबहादुर देउवा र पुष्पकमल दाहाल
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्