मन्त्रिमण्डल पुर्नगठनमा तीन मन्त्री नयाँ नियुक्त,रक्षामन्त्रीबाट पोखरेल हटाइए
काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले मन्त्रिपरिषद पुर्नगठन गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले मन्त्रीमण्डल नियुक्ति,हेरफेर र कार्यविभाजन गरेकी हुन् । पुनर्गठित मन्त्रिमण्डलमा अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेललाई दिइएको छ । त्यस्तै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लिलानाथ श्रेष्ठले पाएका छन् । सहरी विकास मन्त्रालयको जिम्मेवारी कृष्ण गोपाल श्रेष्ठलाई दिइएको छ । यी तीनै जना प्रधानमन्त्री ओलीको यो कार्यकालका नयाँ मन्त्री हुन् ।

यसअघि बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई भने सुचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ । गुरुङ यसअघि मन्त्रीमण्डल पुर्नगठन हुँदा मन्त्री बनेका थिए । मन्त्रिपरिषद्को पुनर्गठनमा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री इश्वर पोखरेलको मन्त्रालय भने खोसिएको छ । रक्षा मन्त्रालय खोसेर प्रधानमन्त्री ओलीले आफैँ लिएका छन् । अव रक्षा मन्त्रालयको जिम्मेवारीसमेत प्रधानमन्त्री ओलीले नै सम्हाल्ने छन् । प्रधानमन्त्री ओली सरकारमा पोखरेल सुरुवातदेखि नै रक्षामन्त्री रहदै आएका थिए ।
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिको संयोजक बनाइएका पोखरेल स्वास्थ्य सामग्री खरिद प्रकरणमा विवादमा तानिएका थिए । पछि उच्चस्तरीय समिति समेत विघटन गरिएको थियो । मन्त्रिमण्डल हेरफेर तथा पुर्नगठनमा अन्य कुनै मन्त्रीलाई पनि हटाइएको छैन् । अन्य मन्त्रीको जिम्मेवारी यथावत राखिएको राष्ट्रपति कार्यालयद्धारा जारी बिज्ञप्तीमा जनाइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #पोखरेल हटाइए, #मन्त्रिमण्डल पुर्नगठन
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्