टिकाभैरवमा बन क्षेत्र दोहन गर्ने तीन पक्राउ,एक फरार, छुटाउन को–को गर्दैछन् दौडधुप
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका ६ स्थित टिका भैरवमा रहेको दम्सीडोल सामुदायिक बन क्षेत्र मासेर ढुंगा उत्खनन गर्ने क्रममा तीन जना पक्राउ परेका छन् भने एक जना फरार भएका छन् । अबैध रुपमा बनमा ढुंगा दोहन गरिरहेको सुचनाका आधारमा गोदावरी नगरपालिका सहित प्रहरीले छापा मारेपछि तीन जना पक्राउ परेका हुन् । बन मासेर धमाधम ढुंगाखानी सञ्चालन गरिरहेका प्रीतम खत्री, माइला लामा र सुदीप डोटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बनमा ढुंगा निकाली रहेका मुख्य ब्यक्ती शेखर महत भने फरार भएका छन् । उनी ललितपुर नेकपाका सांसद नबराज सिलवालका भान्जा समेत हुन् ।
बर्षोदेखि बन क्षेत्र दोहन गर्दै आएका उनीहरुलाई सांसद नवराज सिलवाल र नेकपाका स्थानीय नेता गम्भीर रानाको संरक्षण रहेको स्रोत बताउछ । यतिबेला उनीहरुलाई चापागाउँ प्रहरी बृत्तमा राखिएको छ । प्रहरीले बन मासेको मुचुल्का सहित डिभिजन बन कार्यालय ललितपुरमा बुझाउने तयारी गरिरहेको छ । महतलाई भने प्रहरीले पक्राउ गर्न नसक्नुको पछाडि सांसद सिलवाल र स्थानीय नेता राणाको दवाव भएको बुझिएको छ । बर्षोदेखि सरकारी बन क्षेत्र दोहन गर्दै आएका महतलाई दुबैको दवावमा छोड्दै आइएको छ । पक्राउ परेका तीन जनालाई छुटाउन र अर्का महतलाई पक्राउ नगर्न सांसद सिलवालले दवाव दिइरहेको स्रोत बताउछ ।
ललितपुरको गोदावरी नगरपालिकास्थित टिकाभैरव तथा लेले क्षेत्रमा अबैध रुपमा खानी तथा रोडा ढुंगा उद्योग (क्रसर) सञ्चालन भएको निक्कै लामो समय भयो । केही रोपनी जग्गा खरिद गरेर सञ्चालनमा आएका यस क्षेत्रका क्रसर उद्योगले बन तथा बस्ती जोखिममा पारेका छन् । व्यवसाय नविकरण नै नगरेर कहि कतैबाट उत्खनन र प्रसोधनको अनुमति नलिएका क्रसरहरु पनि धमाधम चलिरहेका छन् ।
अझ, वातावरण प्रभाव मुल्यांकन आई ई ई नै नगरि सञ्चालनमा आएका क्रसर र खानीले बस्ती र सार्वजनिक सडकबाट २ सय मिटर टाढा रहनुपर्ने मापदण्ड लत्याएका छन् । ललितपुर क्षेत्रमा अबैध रुपमा खानी र क्रसर चलेको बारे अधिकांश सरोकारवाला जानकार छन् । तर, अबैधानिक कामले निरन्तरता पाइरहदा सबैको मौनता किन ? खानी र क्रसर भित्रिको सेटिङ निक्कै डरलाग्दो छ । बेला बखत पक्राउ र चेतावनीका घटना दोहोरिरहन्छन् । तर, बिभिन्न कागजात गरी छुटेको भोलीपल्टैदेखि बन मास्ने काम सुरु हुन्छ । त्यसमा सबै सरोकारवाला निकाय आखिर किन मौन बसिरहन्छन् ?
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #टिका भैरव, #बन क्षेत्र मासेर ढुंगा उत्खनन, #बनमा ढुंगा दोहन
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्