खुल्यो सहसचिव र उपसचिवको विज्ञापन, मंसिरदेखि परीक्षा लिने तयारी
काठमाडौं । लामो समयपछि लोक सेवा आयोगले सहसचिव तथा उपसचिव पदका लागि बिज्ञापन खुलाएको छ । संघीय संसद, निजामति सेवा र स्वास्थ्य सेवातर्फ सहसचिव तथा उपसचिव पदका लागि बिज्ञापन खुलाएको हो । राजपत्राङ्कित प्रथम र द्वीतीय श्रेणी (प्राविधिक) अप्राविधिक, स्वास्थ्य सेवातर्फ नवौं र एघारौं तहका पदका लागि बुधबार आयोगले विज्ञापन खुलाएको जनाएको छ ।
एक सय ८० भन्दा बढी सहसचिव र चार सय ५० भन्दा बढी उपसचिव पदका लागि दरखास्त मागिएको छ । धेरे कोटा बढुवाबाट पदपुर्ति हुने खालका छन् भने खुलामा थौरैमात्रै सिट छन्। आयोगले बुधबार खुलाएको विज्ञापनमा परीक्षाका लागि कात्तिक १८ गतेसम्म फारम भरिसक्नु पर्ने म्याद दिएको छ। अनलाइनबाटै आवेदन दिन सकिने आयोगले जनाएको छ। दरखास्त दस्तुर राप पहिलो श्रेणी र स्वास्थ्यतर्फ एघारौं तहका लागि एक हजार पाँच सय र राप द्वीतीय श्रेणी, नवौं तहका लागि एक हजार दुई सय रुपैयाँ बुझाउनु पर्नेछ । परीक्षा भने मंसिरदेखि सुरू हुनेछन्।
२०७७ कात्तिक १८ गतेसम्म २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिकले फारम भर्न सक्ने आयोगले जनाएको छ । तर, स्थायी निजामति कर्मचारीका हकमा भने उमेरहद लागू छैन । केहीदिन अघि आयोगले हालै ‘संक्रमणको विषेश अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७’ ल्याएको छ। उक्त मापदण्डमा कोरोना संक्रमणकै अवस्थामा उम्मेद्वार परीक्षार्थी परीक्षामा सहभागी हुन नपाउने ब्यवस्था गरेपछि आलोचना भइरहेको छ ।
कोरोना महामारीमा सुरु भएपछि लोक सेवा आयोगले सुरुमा बिज्ञापन गरिएका परिक्षा समेत स्थगित गरेको थियो । ती परिक्षाको कार्यतालिका समेत सार्वजनिक गरेपछि अन्य बिज्ञापन खुलाउन थालेको हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #बुधबार खुलाएको विज्ञापन, #लोक सेवा आयोग, #सहसचिव तथा उपसचिव
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्