कोरोना बढ्दै गर्दा गाडीमा पुरै सिट यात्रु राख्न दिने सरकारको निर्णय
काठमाडौं । काठमाडौं उपत्यका लगायत शहर केन्द्रीत कोरोना भाइरस फैलिइरहेको छ । तर, सरकारले सार्वजनिक सवारी साधनमा पुरै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिए पनि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दसैंमा यात्रुले दुःख पाउने भन्दै सवारी साधनलाई यात्रु हाल्न दिने निर्णय गरेको हो ।
सरकारले मंगलबारदेखि सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरिएको हो । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पूरै सिटमा यात्रु चढाउन दिने निर्णयसँगै अब सार्वजनिक यातायातले पुरानै भाडा लिनुपर्ने छ ।
अहिले छोटो तथा लामो दुरीमा चल्ने सार्वजनिक सवारीले आधा यात्रु मात्र चढाउने गरेका थिए । भाडा भने दोब्बर लिदैँ आएका थिए। पुरै सिटमा यात्रु राखे पनि कोरोना सङ्क्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने मन्त्रिपरिषद्को निर्णय छ । यस्तै, बैठकले सिमा नाका र अन्तर्राष्ट्रिय उडान कात्तिक महिनाभर नखोल्ने निर्णय गरेको छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कोरोना सङ्क्रमण, #सार्वजनिक सवारी साधन
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्